पोखरामा भजन महोत्सव तथा महायज्ञ हुने

पोखरा । राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भागवत महायज्ञ तथा भजन महोत्सव पोखरामा हुने भएको छ ।
लोक संगितलाई बचाउँ लोक भजन चुड्कामा भक्तजनलाई नचाउँ भन्ने मूल नारासहित प्रष्ठिानको भवन निर्माण सहयोगका लागि कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानका केन्द्रिय अध्यक्ष प्रजापती पराजुलीले जानकारी दिनुभयो ।
महोत्सवबारे छलफलका लागि शनिबार पोखरामा आयोजित अन्र्तक्रियाका क्रममा बोल्दै पराजुलीले विगतमा आफ्नो नेतृत्वमा दोहोरी प्रतियोगिता, दोहोरी साँझको सुरुवात, तिजगीत प्रतियोगिताको सुरुवात गराएको दावी गर्दै भजनको विकास र विस्तार एवं लोक संस्कृतिको जगेर्नाका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । भजनलाई पनि दोहोरीकै स्थानमा पु¥याई व्यवसायिक बनाउने उद्धेस्यले महोत्सव नै गर्न लागिएको उहाँको भनाई छ ।
प्रतियोगिताले देश विदेशमा रहेका नेपालीहरुलाई आफ्नो संस्कृतिप्रतिको मोह अझै बढाउने उहाँको भनाई थियो । उहाँले पोखरामा हुने भजन महोत्सव लगत्तै नेपाल टेलिभिजनबाट प्रसारण हुने गरी देशव्यापी भजन च्याम्पियन गर्ने तयारी गरेको खुलाउनुभयो ।
महोत्सवबारे छलफलका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाका प्रतिधिहरु पोखरामा भेला भएका थिए । भेलाले कार्यक्रम सफल पार्नका लागि अध्यक्ष प्रजापती पराजुलीलाई मूल समारोह समिति संयोजकको जिम्मेवारी दिएको छ भने विभिन्न उपसमिति गठन गरेको छ ।मूल समारोह समितिमा सबै जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहनेछन् ।
अतिथि सत्कार उप–समिति संयोजकमा दुर्गाप्रसाद कोईराला, मञ्च व्यवस्थापन उप–समिति सयोजकमां खगेन्द्र पराजुली, भजनकृतन उप–समिति सयोजकमां शालिकराम गौतम, प्रचारप्रसार उप–समिति सयोजकमां पत्रकार जीवन सुवेदी र राजाराम पौडेल रहेका छन् ।
त्यस्तै प्रसाद वितरण उप–समिति सयोजकमां अणनाथ अधिकारी, आर्थिक व्यवस्थापन उपसमितिमा प्रष्ठिानका कोषाध्यक्ष प्रेमराज अधिकारी चयन भएका छन् ।
भेलाले प्रकाशन तथा मायाको चिनो व्यवस्थापन उपसमिति संयोजकमा बसन्त बास्तोला, झाँकी ¥याली व्यवस्थापन उपसमिति संयोजकमा दुर्गादत्त पराजुली, खाना तथा आवास व्यवस्थापन उपसमिति संयोजकमा लेखनाथ तिवारीलाई चयन गरेको छ ।
त्यसैगरी सरसफाई उपसमिति र आमा समूह परिचालन उपसमिति संयोजकमा उषा माता, स्वयंसेवक परिचालन उपसमितिमा रामचन्द्र दाहाल, संघसंस्था परिचालन उपसमितिमा भोला भण्डारी संयोजक चयन भए ।
कलाकार व्यवस्थापनतर्फ तारापती सुवेदी, शान्ति सुरक्षा व्यवस्थापनमा नारायण भुषाल, प्राथमिक उपचारतर्फ गोमा सुवेदी, पूजा व्यवस्थापनमा सावित्री त्रिपाठी र धार्मिक संघ संस्था परिचालनमा भोला भण्डारीलाई उपसमिति संयोजक चयन गरिएको छ ।
माघ १५ गतेदेखि २३ गतेसम्म पोखराको नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा हुने उक्त भजन चुड्का प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार पाउनेछ । दोश्रो हुनेलाई ३१ हजार, तृतियलाई २१ हजार र सान्त्वना हुने समूहलाई ११ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने संयोजक पराजुलीले जानकारी दिए । साथै उत्कृष्ट झाँकी, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नृत्य र अनुशासित टिमलाई प्रोत्साहन स्वरुप रु ७ हजार ५ सय प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी समूहले ३० मिनेटको समय पाउनेछ । सुरुको ५ मिनेट आरती भजन, १० मिनेट भजन र बाँकी १५ मिनेटको समय रोईला दोहोरी भजन प्रस्तुत गर्नुपर्ने नियम रहेको पराजुलीले जानकारी दिनुभयो ।
सो अवसरमा प्रतिष्ठानको भवन निर्माणका लागि कृष्णकुमारी कुँवरले नगद रु ५० हजार सहयोग प्रदान गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष प्रजापती पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खगेन्द्र पराजुलीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव डा तुलसी प्रभासले गरेका थिए ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!