‘फिलिङ्गो’नारी शहनशिलता भित्र मौन बिद्रोह

पोखरा । आख्यानकार प्रभा बराल लिखित उपन्यास ‘फिलिङ्गो’ माथी पोखरामा अन्तरक्रिया गरिएको छ । पोखरेली युवा साँस्कृतिक परिवारले आयोजना गरेको विशेष कार्यक्रममा उपन्यासलाई लिएर विभिन्न दृष्टिकोण एवम् विचार प्रस्तुत गरियो ।
नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध साहित्यकार सुरुभक्तले बरालललाई बर्तमान समयकी सिर्जनशिल र नयाँ लेखकको रुपमा रहेको बताउदैं आख्यान लेखनको एक शताब्दी बितिसक्दा पनि आख्यान बिधामा नारी हस्ताक्षरको कमि भैरहेको तितो अनुभव सुनाउनुभयो । नेपाली साहित्यको पनि चर्चित बिधा र पाठकहरुले पनि धेरै पढ्ने बिधा आख्यान भएकोले धेरै लेखकहरुको आकर्षणमा आख्यान परेको छ । लामो धैर्य र गहिरो चिन्तनले मात्रै सफल हुनसक्ने भन्दै हतार नगर्न सुझाब दिदै सरुभक्तले फिलिङ्गोलाई नारी शहनशिलता भित्रको मौन बिद्रोह भएको टिप्पणी गर्नुभयो ।
अन्तरक्रियाका वक्ता बद्रि वीनोद ‘प्रतीक’ले फिलिङ्गोमा लेखकको कथा बुन्ने शैली सरल भएकोले पाठकहरुलाइ बुझ्न सजीलो हुने बताउनुभयो ।
अर्का बक्ता एव्म समालोचक सञ्जीव पौड्यालले ‘फिलिङ्गो’माथी समिक्षात्मक टिप्पणी गर्नुभयो । पौडेलले नेपाली लेखकहरुको दाँजोमा उभिन सफल लेखकलाई भाषा गत थोरै टिप्पणी सँगै नेपाली उखानटुक्काको प्रयोगमा भने धेरै नै सुधार गर्नुपर्ने सुझाव दिनुभयो । उपन्यास भित्रका कतिपय ल्पटमा पाठकको गला अबरुद्ध हुँदासमेत पाठकले समवेदना पोख्न नपाउने गरी लेखकले कथालाइ मोडेर आफ्नै पोल्टामा पारेको आरोप लगाउनुभयो ।
उपस्थित पाठकको जिज्ञासालाई समेटेर उपन्यासकार प्रभा बरालले आफ्ना कुरा राख्नुभएको थियो । बरालले ‘महिलाले जहिले पनि सहनुपर्ने भन्ने जिज्ञासामा अहिलेको सभ्य समाजकी सभ्य महिलाले पूर्वाग्रह नराखी मौन बिद्रोह गरेकी एउटा शशक्त महिलाको कथा हो जहाँ ऊ सफल पनि भएकी छे । नबोलेरनै कहि गर्न सकिन्छ भने किन बोल्ने । किन कसैलाइ गालीगलौज गर्ने भनेर नै आँफुले मौन बिद्रोह रोजेको प्रष्ट पारिन् । पुरुष बिना पनि एक्लै केहि गर्न सक्छौ भन्ने समाजमा सन्देश दिन खोजेको फिलिङ्गो प्रतिमात्क कथा हो । पोखराका विभिन्न सर्जक,साहित्य प्रेमीलाई व्यस्तताको समयमा पनि उपस्थित भएकोमा उपन्यासकारले धन्यवाद व्यक्त गरीन् । अक्षर क्रियसन्सद्वारा २०७७ साल फागुनमा प्रकाशित फिलिङेगो उपन्यासले पाठकबाट प्रशस्त माया पाएको छ । मदन पुरस्कारबाट मनोनितभई उत्कृष्ट नौ सूचीमा पनि पर्न सफलभएको फिलिङ्गोले चितवन साहित्य परिषद्बाट २०७७ को चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार समेत प्राप्त गरी रु पचास हजार राशी प्राप्त गर्न सफल भएको छ ।
परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा सम्पन्नकार्यक्रममा सह–सचीव शिव त्रिपाठीले स्वागत र कार्यक्रमको सञ्चालन साहित्य संयोजक रिता अधिकारीले गर्नुभएको थियो ।
पोखरेली युवा सांस्कृतिक परिवारले वि.सं. २०४७ सालमा साहित्यकार भूपि शेरचनको स्मृतिमा ‘भूपि स्मृति ग्रन्थ’ प्रकाशन गरेर प्रकाशन, बिमोचन,परिचर्चा कार्यमा संलग्न रहँदै आएको छ । पुस्तक प्रकाशन देखि पुस्तक परिचर्चा,बहस,अनुभब र अनुभुति कार्यक्रम प्रारम्भ गरेको यस संस्थाले हालसम्म पनि यो महत्वपूर्ण कार्यलाई निरन्तरता दिँदै आइरहेको छ । पोखरेली युवा सांस्कृतिक परिवारले हाल सम्म २ दर्जन भन्दा बढि कृतिहरू प्रकाशन गरिसकेको छ भने करिब १ दर्जन जति कृति माथी परिचर्चा,बहस कार्यक्रम गरिसकेको छ । पछिल्लो समय परिवारले चन्द्र घिमिरेको ‘काठको बाकस’,भोजराज न्यौपानेको ‘फाटेको जुत्ता’ र स्याम सिंघकको ‘रेमिटल्याण्ड’ र कथाकार महेश पौड््यालको अपरिचित अनुहार माथी कार्यक्रम गरेको थियो । साहित्य, कला र सङ्गीतको उत्थानः हाम्रो प्रण” भन्ने मुल नाराका साथ २०३४ सालमा स्थापना भएको पोखरेली युवा साँस्कृतिक परिवार गण्डकी प्रदेशको मात्रै नभइ देशकै साहित्य, कला र सङ्गीतको विकासमा ४४ वर्षदेखि अविछिन्न क्रियाशील र सक्रिय संस्थाका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रि स्तरमा परिचित छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!