भूपु साना सहरी जोड्ने बाटोको सभापति कोइरालाद्धारा उद्घाटन

पोखरा । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरा २७ स्थित भुपु साना सहरी जोड्ने बाटोको उद्घाटन गर्नुभएको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तरगत निर्माण भएको बाटोको सभापति कोइरालाले उद्घाटन गर्नुभएको हो ।
कोइरालाले संघीय, प्रदेश र स्थानीय सरकारहरुबाट समेत सम्बोधन नभएका साना योजनाहरुलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममले सम्बोधन गर्ने गरेको बताउनु भयो । निर्बाचनको बेला भने जति काम विभिन्न कारणले पूरा हुन नसकेपनि शूरुवात भने भएको उहाँको भनाई थियो । उहाँले पहिलेको बजेटबाट पुरा नभएको बाटोलाई आगामीदिनमा निरन्तरता दिने बताउनु भएको छ ।
माओबादी केन्द्रका युवा नेता समेत रहनु भएका कोइरालाले माओवादी काम गर्ने हःल्ला नगर्ने पार्टी भएकोले माओबादीले गरेको कामको जसपनि अन्यपार्टीले लिन खोजेको बताउनु भयो । कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम उक्त क्षेत्रको सांसदले विनियोजन गरेर कार्यान्वयन हुने योजनापनि अन्य कुनै पार्टीले आफुले जसलिन खोज्छनभने त्यो उनिहरुकै समस्या भएको बताउनु भयो ।
कोइरालाले बोल्ने र नबोल्नेहरुको प्रसंग जोडदै बास्तविक ग्याष्टिकको औषधी बेच्नेहरु किल्निक र अस्पतालमा हुने गरेको तर ग्याष्टिकको औषधी भन्दै काठको धुलोै बेच्नेहरु सडकमा डमरु बजाएर जनतालाई भ्रममा पार्ने गरेको बताउनु भयो । डमरु बजाएर काठको धुलो बेच्नेले एकछिन मात्र्रै जनतालाई भ्रममा पार्न सक्ने तर धेरै दिन त्यस्ता भ्रम नटिक्ने दावी गर्नुभयो ।
नेकपा माओबादी केन्द्रका नेता बोधराज लामिछानेले प्रदेश सांसद दीपक कोइरालाको पहलमा प्रदेश निर्बाचन क्षेत्रमा विकासको लहर आएको बताउनु भयो । सवै संग मिल्न सक्ने जनता माझमा लोकप्रिय नेता भएकोलेनै जनताले आफ्नो दुखसुखमा सधै साथमा पाउने गरेको बताउनु भयो । लामिछानेले कोइराला निर्वाचित भएपछि अलिहे सम्म विकास निर्माणमा भएका योजनाहरुको चर्चा गर्नुभयो ।
नेकपा माओबादी केन्द्र वडानं २७का वडाध्यक्ष गोविन्द वाग्लले माओवादी जनताको मन मनमा बस्न सफल भएको पार्टी भएको बताउनु भयो । गरिव जनताको घरमा घरमा विजुली ,पानीको लागि माओबादीकै मन्त्रीभएको बेला मात्रै सम्बोधन भएको उहाँको भनाई थियो । दतिल, जनजाति महिला, भुमिहिन,सुकुम्बासीहरुलाई अन्यपार्टीले उनिहरुको अधिकारको लागि कहिलै नबोल्ने तर भोट वैकको रुपमा मात्रै प्रयोग गर्ने गरेको भन्दै वाग्लले सवै बर्गको उत्थानको लागि माओबादी सधै लागि रहने बताउनु भयो । बाटो निर्माण समितिका उपाध्यक्ष ललिता पराजुली ,सचिव दिपेन्द्र पराजुली लगायतले बाटो निर्माणले आफुहरुलाई धेरै सहज भएकोले आगामीदिनमा पनि आफ्नो ठाउँलाई प्राथामिकतामा पारेर बजेट बिनियोजन गरिदिन सभापति कोइराला संग आग्रह गर्नुभयो ।
शनिबारनै सभापति कोइरालाले पोखरा २७मै पर्ने शिरोमणी गेटदेखि कृष्णप्रणामी मन्दिर धर्मशाला जोड्ने सडकको पनि अनुगमन गर्नुभयो । सभापति कोइरालाले निर्माण ब्यबसायी मार्फत काम भएको उक्तसडकमा जनताको गुनासो आएकोले तत्तकाल समस्या समाधान गर्न पूर्वाधार कार्यालयका प्रमुख डाक्टर महेन्द्र बानियाँलाई निर्देशन दिनुभएको थियो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!