नगेन आर्ट एकेडेकीद्धारा कला प्रदर्शनीको समिक्षा

पोखरा । नगेन आर्ट एकेडेमी प्रा.लि.को आयोजनामा पोखराको लेकसाईडमा सम्पन्न सडक महोत्सवमा भएको कला प्रदर्शनीका कलाको समिक्षा तथा कलाकारहरुलाई प्रशंषा पत्र प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष तथा आर्दश समाज दैनिकका प्रधान सम्पादक कृष्ण प्रसाद बास्तोलाले प्राज्ञ नगेन सिंहले कला गतीबिधी गरिरहेको देख्दा खुसि लाग्ने बताउदै कला विकासको लागी सक्दो सहयोग गर्ने वताउनुभयो ।
दरबारथोक एड्भरटाईजिङ एजेन्सी पोखराका सञ्चालक तथा पत्रकार कृष्ण रानाभाटले आफुँ कला क्षेत्रमा लाग्न नसके पनि कला मन पर्ने र कलाको विकासको लागि तत्पर रहने वताउनुभयो ।
नगेन आर्ट एकेडेमीकी प्रवन्ध निर्देशक ज्योति हमालले राज्यले कला तथा कलाकारको सम्मान गर्न नसकेको कारण नेपालबाट कलाकार पलायन हुने अवस्था आएको वताउँदै आफुले पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्धेश्य रहेको वताउनुभयो ।
सहभागीको तर्फबाट नगेन आर्ट एकेडेमीका विद्यार्थी आशिष अधिकारीले कलामा लागेको समय सम्झदै सडक महोत्सवमा भएको कला प्रदर्शनीका बारेमा वताउनुभएको थियो ।
कार्यक्रमको संचालन प्राज्ञ नगेन सिंह ठकुरीले गर्नु भएको थियो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!