काग्रेसको १४ औ महाधिवेसन निर्वाचीतलाई डिएलएको सम्मान

पोखरा । नेपाल डेमोक्रयाटीक लर्यस एशोसिएसन कास्कीले नेपाली काग्रेसको १४ औ महाधिवेसनमा बिभिन्न पदमा निर्वाचीत भएका आफ्ना सदस्यहरुलाई पोखरा आज सम्मान गरेको छ ।
सम्मानित हुनेमा गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा ,बरिष्ठ अधिवक्ता बिश्व धिमीरे , रामचन्द« त्रिपाठी ,रमेश पौडेल लगाएतका दर्जनै कानुन ब्यवसायी रहेका छन ।
सम्मान कार्यक्रमा बोल्दै नेपाली काग्रेस गण्डकी प्रदेश सभापती शुक्रराज शर्माले काग्रेसमा मात्र स्वतन्त्र न्यायापालीका र स्वतन्त्र प्रेसको परिकल्पना गर्ने सकिने बताउनुभयो ।
उहाँले लोकतान्त्रीक कानुन ब्यवसायले कानुनिराज स्थापनाको लागी आफ्नो भुमिकालाई अग्रण स्थानमा राखनु पर्ने आग्रह गर्नुभयो ।
कार्यक्रममा मन्त्री बिन्दु कुमार थापाले ५० वटा ऐन,११ वटा निर्वावली बनाई सकेकको अवस्थामा केहि कानुन ब्यवसायीको सल्लाह सहयोग आवश्यक रहेको बताउदैं संघियतालाई संस्थागत गराउन यस्ता कानुनहरुको कार्यान्वयनमा डिएलएको भूमिका अझै सार्थक रहने जोड दिनुभयो ।
डिएलए कास्की अध्यक्ष कपिलमणी दाहाल, उपाध्यक्ष कमला पति पौडेल सचिव कृष्ण कुमारी गुरुङ लगाएतले डिएलएको भूमिका वारेमा बोलेका थिए । भेलाले आगामी डिएलएको केन्द«ीय महाधिवेशनका लागी ४० भन्दा बढी प्रतिनिधीहरु चयन गरेको छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!