सन्तोष अधिकारी अभिनित “आज म आइपुगे” गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

पोखरा । सन्तोष अधिकारी अभिनित ‘आज म आइपुगे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतमा सन्तोष सँगै पुजा पन्त क्षेत्री, घनश्याम लामिछाने र कृति अधिकारीको अभिनय रहेको छ । सुरज शाही ठकुरीको आवाज रहेको गीतलाई अजय कुमार अधिकारीले लेखेको गितको संगीत समेत अजय कै हो ।
गीतको म्युजिक भिडियोमा नेपाली लाहुरेको प्रेमिल कथालाई प्रस्तुत गर्न खोजिएको छ । एएसएपी इन्टरटेन्मेन्टको प्रस्तुतीमा सार्वजनिक गरिएको म्युजिक भिडियोलाई निशान कास्यपले निर्देशन गरेका हुन् । एएसएपी इन्टरटेन्मेन्ट पछिल्लो समय म्युजिक भिडियो निर्माण र फ्यासेन शो लगायतका कार्यक्रमको आयोजनामा सक्रियता पूर्वक लागि रहेको संस्था हो ।


पोखराबाट संचालनमा आएता देश तथा विदेशमा एएसएपीले आफ्ना कार्यक्रम गर्दै आएको छ । नेपाली संस्कार र भेषभूषालाई प्रचारप्रसार गर्ने हेतुले एएसएपी इन्टरटेनमेन्ट लागिरहेको छ । वर्षेनी सो विषयमा केन्द्रीत रही ‘हेरीटेज फ्यासन शो’ को समेत आयोजना एएसएपीले गर्दै आइरहेको छ । एएसएपीकै निर्माणमा नेपाली चलचित्र घर, आमा र तीन जन्तु बनिसकेका छन् । आमा सफलता पूर्वक प्रदर्शन भएको चलचित्र हो ।
‘आज म आइपुगे’ म्युजिक भिडियोबाट सन्तोष अधिकारी आशावादी देखिन्छन् । भन्छन्, ‘यो नेपाली लाहुरेहरुको प्रेमको कथा हो । प्रेमीकाले आफ्नो दाईका कारण प्रेमीलाई भेट्न नपाउनु र लाहुरेले भगाएर लैजानु विषयवस्तुलाई म्युजिक भिडियोमा समावेश गरिएको छ ।’
म्युजिक भिडियो हेर्दा दर्शकले आफ्नै कथा भेट्ने अधिकारी बताउँछन् । गीत संगीतको उत्थानका लागि आफु सँधै प्रतिबद्ध रहेको भनाई उहाँको छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!