आभास सेन्चुरीको शब्द,लयमा ठिहिर्याउने जाडोमा मायालुको साथ (भिडियो सहित)

पोखरा । भर्खरै देशका अधिकांश भुभागमा हिउँ परेर डाँडाकाँडा सेताम्य भएको समयमा आभास सेन्चुरीको शब्द,लयमा प्रसिद्ध गायिका देवी घर्ती र लोकप्रिय गायक तेजश रेग्मीको सुमधुर आवाजमा जाडो अति छ बजारमा आएको छ ।
आभास सेन्चुरीले ठिहिर्याउने जाडोमा मायालुको साथ जाडो निकै वढ्यो , मौसम चिसो चिसो भएकोले चिसो मौसममा न्यानो मायाको साथले निकै रोमाञ्चक र प्रेमील सम्बन्ध बनाउन जून निकै यादगार र डाहा गर्न लायक पनि हुने भएकोले लोकदोहोरी गीत बजारमा ल्याएको बताउनुभयो । मोडेल एवं सर्जक आभास सेन्चुरीले ठिहिर्याउने जाडोमा मायालुको साथमा गित हेर्न र सुन्न सबैलाई अनुरोध गर्नुभयो ।
म्युजिक भिडियोमा मोडेलहरु लोमस शर्मा, दिव्य न्यौपाने, आयुसमा कार्की, रविना भण्डारी,जोन बम र स्वयम आभास सेन्चुरीको अभिनय हेर्न सकिन्छ ।


राम के.सीको छायांकन, कोरियोग्राफी र निर्देशन चित्र मास्केले गर्नुभएको छ ।
कहाँ गयौ भगेरी चरीु जस्तो ऎतिहासिक गीत लेखेरे, गाएर नेपाली लोकगीतमा एउटा बेग्लै प्रभाव पारेका सर्जक,गायक तेजस रेग्मी र सेन्चुरीको सहकार्यले पनि दर्शक, श्रोताले नयाँ स्वास पाउने विश्वास गर्न सकिन्छ । रेग्मी र सेन्चुरी एउटै ठाउँ र एउटै धाराको पानी खाएर हुर्केका सर्जक हुन् ।
जाडो भए पछ्यौरी तान, सिन्दुर चुरामा,काउछो चिलाउनीको , बोलका गीतहरुलाई जस्तै यो गितलाई पनि दर्शक श्रोताले मन पराउनेमा विश्वस्त रहेको आभास सेन्चुरीले बताउनुभयो
आभास क्रियसन युटुब च्यानलबाट बजारमा सार्वजनिक भएकोे छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!