मित्र मिलन सहकारीद्धारा सेवा केन्द्र कसेरीको वार्षिकोत्सव अवसरमा आँखा शिविर सम्पन्न

पोखरा । मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सदस्य सेवा केन्द्र कसेरीको प्रथम वार्षिकोत्सवको अवसरमा आँखा शिविर सम्पन्न भएको छ । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आज कसेरी स्थित सदस्य सेवा केन्द्र परिसरमा शिविर सम्पन्न भएको हो ।
शिविरमा ६ सय जनाको आँखा जाँच गरिएको छ । जसमध्ये १५० जनालाई चस्मा उपलब्ध गराइएको छ भने ६ जनालाई थप उपचारकालागि अस्पताल रिफर गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा हिमालय आँखा अस्पतालकी नेत्र अधिकृत शसिकमला लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।
संस्थाका अध्यक्ष रमण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुशल पौडेलले गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौडेलले कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्नुभएको थियो ।
नयाँबजार स्थित प्रधान कार्यालय रहेको संस्थाले सामाजिक उत्तर दायित्व अन्तर्गत विविध अवसरमा समाजलाई प्रत्यक्ष लाभावन्वित हुने कार्यक्रमहरु गर्दै आइरहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!