देशको उन्नती र प्रगती हुने शिक्षा निती आवश्यक छः मन्त्री बराल

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले देशको उन्नती र प्रगती हुने शिक्षा निती आवश्यक भएको बताउनु भएको छ । पोखराको एस.ओ.एस.हर्मन माइनर बिद्यालयको ३८ औं बार्षिक खेलकुद दिवसको विहिबार एक समारोहका बिच उद्घाटन गर्दै मन्त्री बरालले हाल शिक्षामा अस्त व्यस्त देखिएको उल्लेख गर्दै देशको उन्नती र प्रगती हुने शिक्षा निती आवश्यक भएको बताउनु भएको हो ।
नेपालको शिक्षा निती समय सापेक्ष नभएको बताउदै मन्त्री बरालले शिक्षासंगै बिद्यार्थीहरुको सर्वाङगिण विकासको लागि खेलकुद समेत आवश्यक भएको जनाउनु भयो । खेलकुदमा आम जनताको पहुँचमा पुराउनु पर्ने बताउदै मन्त्री बरालले खेलकुदले व्यत्तिलाई अनुसासित र शारीरिक रुपमा मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
बिद्यालयले शिक्षा क्षेत्रमा पुराएको योगदानको प्रशंसा गर्दै मन्त्री बरालले शिक्षालाई प्रभावकारी बनाउन राज्यको तर्फबाट सहयोग हुने बताउनु भयो । प्रदेश सरकारको तर्फबाट समेत बिद्यालयको शैक्षिक विकासको लागि सहयोग हुने उहाँले जनाउनु भयो ।

यसैबिच मन्त्री बराललाई मार्च पासमा सहभागि बिद्यार्थीहरुले सलामी दिनु भएको थियो । रातो कार्पेट र पिर्का हटायर मन्त्री बरालले मार्च पासमा सहभागि खेलाडीहरुलाई सलामी फर्काउनु भएकोे थियो ।
बिद्यालयका प्रिन्सिपल राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा सहायक प्रिन्सिपल किरण सापकोटा लगायतले वोल्नु भएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुतः गरिएको थियो ।
राष्ट्रिय सेवा दल सहितका ५ समुहले मार्च मास सहित विभिन्न खेलकुदमा सहभागि हुने भएको शिक्षक विरसिंह बुद्धले बताउनुभयो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!