पोखरा ३० शान्तिनगर टोलमा उद्घोषण कला तालिम

पोखरा । शान्तिनगर टोल विकास संस्था र शान्तिनगर सामुदायिक सेवा समितिको संयुक्त आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर ३० खुदि शान्तिनगरटोलमा उद्घोषण कला तालिम सोमवार देखि सुरु भएको छ । उक्त उद्घोषण कला तालिम ३ दिन सम्म चल्ने छ ।
पोखरा ३० का वडाध्यक्ष श्रीराम पोखरेलले सभ्य समाज निर्माणका लागि मानवीय विकासले महत्त्वपूर्ण भुमिका खेल्ने वताउदैं महिलाहरुलाई आयआर्जनका कार्यक्रममा जोड्न सके मात्रै टोल ,वडा हुदै समृद्ध महानगर वनाउन सकिनेमा बताउनु भयो । उहाँले वडा नम्बर ३०लाई लेखनाथको केन्द्रको रुपमा विकास गर्न आफु लागि परेको उल्लेख गर्दै वडाको विकासका लागि सबैलाई साथ र सहयोग दिन अनुरोध गर्नु भयोे ।
शान्तिनगर सामुदायिक सेवा समितिका अध्यक्ष राम्जी प्रसाद न्यौपानेले टोलविकास संस्थाका सदस्यहरुको क्षमता अभिबृद्दिका लागि तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी प्रशिक्षक रहेको तालिममा टोल विकास संस्थाका ४० जना सदस्यहरुको सहभागीता रहेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा शान्तिनगर टोलविकास संस्थाका अध्यक्ष नारायणहरी तिवारी ,समाजसेवी सोमनाथ वास्तोला,रामचन्द्र पौडेल,होम बहादुर क्षेत्री ,नन्दलाल आचार्य संस्थाका सल्लाहकार विष्णु सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।
शान्तिनगर सामुदायिक सेवा समितिका अध्यक्ष राम्जी प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नारायणी तिवारीले गर्नु भएको थियोे भने कार्यक्रमको संचालन संस्थाका सचिव लक्ष्मी त्रिपाठी ओझाले गर्नु भएको थियो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!