सहकारी बिनाको आर्थिक विकास असम्भव : प्रदेश प्रमुख शेरचन

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभाको एकाई (५) अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय सभाको मंगलबार तिलोत्तमा नगरपालिका रुपन्देहीमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलले मुलुकको आर्थिक विकासका लागि सहकारी क्षेत्रको सहभागिता आवश्यक रहेको बताउनु भएको छ ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभाको एकाई (५) अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय सभाको मंगलबार तिलोत्तमा नगरपालिका रुपन्देहीमा उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
विपन्न समुदायका जनताको आर्थिक विकासका लागि सहकारी मोडेलको योजना आवश्यक हुन्छ, प्रदेश प्रमुख शेरचनले भन्नुभयो–‘सहकारीको सहभागिता बिना आर्थिक विकास सम्भव छैन ।’
“जनताको स–सानोपूँजी र प्रविधिमार्फत आय–आर्जन गराउन सहकारीको भूमिका महत्वपूर्ण रहदै आएको भन्दै उहाँले अबको सम्पूर्ण ध्यान कृषि क्षेत्रको उत्पादन, प्रशोधन र बजारीकरणमा लगाउन सकियो भने मात्र आर्थिक विकासमा फड्को मार्न सकिने कुरामा जोड दिनुभयो । उहाँले सहकारी बैंकले पनि उत्पादनमुलक क्षेत्रमा बढी भन्दा बढी लगानी गर्न सके जनताले चाहे जस्तो आर्थिक विकास सम्भव रहेको बताउनु भयो ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा सहकारीद्वारा उद्योग संचालन गर्नु पर्ने भन्दै सहकारीलाई व्यवसायिक गराउन सहकारी ऐन र अन्य ऐन, नियममा देखिएका समाधान गरेर अगाडि बढ्नु पर्नेमा उहाँको जोड थियो ।
साधारणसभामा बैंकका अध्यक्ष के.बी उप्रेतीले संञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारीहरुको प्रवद्र्धनकालागि सहकारी बैंकले वित्तीय कारोबारसंगै संस्थागत विकास, व्यवसायिक कारोबारमा समेत सहयोग गर्ने अध्यक्ष उप्रेतीले बताउनुभयो । बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म शेयर पुँजी ३ अर्ब ५० करोड, निक्षेप संकलन ७८ अर्ब १ करोड, कर्जा लगानी ४९ अर्ब भन्दा बढी गरी ८६ अर्ब १७ करोड भन्दा बढीको कुल कारोवार गर्ने लक्ष्य लिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । बैंकमा हाल ३ अर्ब शेयर पुँजी र यसलाई बढाएर ८ अर्ब पु¥याउने लक्ष्य रहेको उप्रेतीको भनाइ छ ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सदस्य मित्रराज दवाडी, विनियम संशोधन संञ्चालक ध्रुव नारायाण यादव, कार्यविधि संशोधन प्रस्ताव तथा बैककको केन्द्रीय कार्यालयको लागि भवन निर्माण सम्बन्धमा सञ्चालक तथा नीतिनियम निर्माण उपसमितिका संयोजक रामहरि बजगाईले प्रस्तुत गर्नु भएको थियो ।
बैंककाअध्यक्ष के.बी उप्रेतीको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला सहकारी संघ लिमिटेड. रुपन्देहीका अध्यक्ष एवंम् राष्ट्रिय सहकारी महासघका संचालक भिम तुलाचन, राष्ट्रिय सहकारी महासंघका सञ्चालक रामकृष्ण खाँड, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ लिमिटेड.(नेफस्कुन) बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, महासचिव दामोदर अधिकारी, लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्रालयको सहकारी महाशाखाका रजिस्ट्रार प्रेम आचार्य, प्रदेश सहकारी संघ लुम्बिनीका अध्यक्ष प्रेम सुवेदी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशस्तरको पुरस्कार समेत वितरण गरिएको थियो । लुम्बिनी प्रदेश अन्तरगत उत्कृष्ट हुने बचत तथा ऋण तर्फको पुरस्कार जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा नगरपालिका वडा नम्बर–१५, रुपन्देही र बचत तथा ऋण बाहेकका सहकारीहरु मध्ये देउराली कृषि सहकारी संस्था लिमिटेड बैजनाथ नगरपालिका वडा नम्बर–३, बाँकेलाई पुरस्कार वितरण गरिएको हो । शाखातर्फ उत्कृष्ट र नियमित कारोवार गर्ने बुटवल शाखा कार्यालय अन्तर्गत एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल उत्कृष्ट र इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल नियमित, दाङ शाखा कार्यालय अन्तर्गत घोराही बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्कृष्ट र नबी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बर्दघाट शाखा कार्यालय तर्फ सर्वाङ्गिण कृषि सहकारी संस्था लिमिटेड सुनवल–१, लाई उत्कृष्ट, संकल्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बर्दघाट–४, नियमित, कोहलपुर शाखा कार्यालय तर्फ एभरेष्ट कृषि सहकारी संस्था लि. बैजनाथ–४ उत्कृष्ट, आस्था बहुउद्देश्यीय सहकारी संस्था लि. कोहलपुर–११, बाँकेलाई नियमित कारोबार गर्ने सहकारी संस्थाहरुको नाम बैंकको संञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उप–समितिको संयोजक सरिता भट्टराईले घोषणा गर्नु भएको थियो । शाखा तर्फको उत्कृष्ट र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई पछि कार्यक्रमको आयोजना गरि वितरण गर्ने बैकले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशबाट पुस १६ गते देखी सुरु भएको साधारणसभा पुस २२ गते एकाई ४ अन्तर्गत गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि पोखरा सभागृहमा हुदैछ ।
त्यसैगरी पुस २४ गते एकाई ३ अन्तर्गत बागमतीप्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि काठमाडौ, पुस २६ गते एकाई २ अन्तर्गत प्रदेश नम्बर–२ का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुको लागि जनकपुरधाममा र पुस २८ गते एकाई १ अन्तर्गत प्रदेश नम्बर–१ का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि मोरङमा हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।
बैँकका संचालक एवम सुचना, प्रविधि, संचार तथा प्रकाशन उपसमितिका संयोजकमा धवलाल देवकोटाले संचालन गर्नु भएको साधारण सभामा बैंकका सञ्चालक तथा लुम्बिनी प्रदेशका संयोजक विजया धितालले स्वागत मन्तव्य राख्नु भएको थियो । साधारणसभामा प्रस्तुत गरिएको सबै प्रतिवेदनहरु बन्दसत्रले सर्वसम्मतपारित गरेको जनाइएको छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!