कपडा बाट जुत्ता चप्पल बनाउने तालिम शुरुवात

लेखनाथ । लेखनाथ उद्योग बाणिज्य संघ र व्यवसायीक सिप तथा तालिम परिषदCTEVT गण्डकी प्रदेशको आयोजनामा १० दिने कपडाबाट जुत्ता चप्पल बनाउने बिषयको सिप बिकास तालिम मंगलबार देखि लेखनाथ उद्योग बाणिज्य संघको तालिम कक्षमा शुरु भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं तालिम व्यवस्थापन उपसमिति संयोजक ध्रुबबावु भट्टराईको संयोजकत्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
तालिमको उद्घाटन समारोहलाई शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै संघका अध्यक्ष छत्रधर आत्रेयले १० दिने कपडाबाट जुत्ता चप्पल बनाउने बिषयको सिप बिकास तालिमले प्रशिक्षार्थीहरुको आर्थिक उन्नतीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष एवं नेउवामहासंघका केन्द्रिय सदस्य बावुराम गिरी, CTEVT गण्डकी प्रदेशका निर्देशक प्रमोद आचार्य, संघका निवर्तमान अध्यक्ष बलराम ढकाल, पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, प्रथम उपाध्यक्ष राजेन्द्र ओझा लगाएतले सिप बिकास तालिमको माध्ययमबाट उद्यमी बनाई आयआर्जन गर्न यस्ता किसिमका सिप बिकास तालिम कोसे ढुंगा साबित हुनेमा जोड दिनु हुंदै आफुले सिकेको सिपलाई सदुपयोग गर्न सहभागीहरुलाई आग्रह गरेका थिए ।
तालिम उद्घाटन समारोकमा तालिमको उदेश्य माथि संघका उपमहासचिव जानुका पराजुली अधिकारीले प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको संचालन संघका कार्यसमिति सदस्य महिला उद्यमी परिचालन उपसमिति संयोजक ईन्दिरा रोकाले गर्नु भएको थियो ।
उक्त तालिममा २५ जना सहभागी रहेका छन् ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!