आई एन एफ नेपाल द्धारा पोखरा २० मा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री प्रदान

पोखरा । आई एन एफ नेपाल द्धारा पोखरा महानगरपालिका वडा नम्बर २० लाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोभिडमा राहत सामाजिक क्षेत्रको साथ, परोपकारि मनले बढाउ सहयोगी हात भन्ने मुल नराका साथ आई एन एफ नेपालले कोभिडको बर्तमान अवस्था र आउन सक्ने तेश्रो लहरलाई मध्येनजर गरी वडालाई ६ थान अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
स्वास्थ्य सामाग्री प्रदान गर्दै आई एन एफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारीले विशेषगरी कोभिडबाट प्रभावित भएकाहरुलाई समाजमा अझैपनि हेर्ने दृष्टीकोण नकारात्मक रहेको वताउदै उनीहरुलाई मनोपरामर्श गर्ने काम संगै कोभिड लागेका र कोभिडपछि पनि अफ्ठेरोमा परेकाहरुलाई समेत उपचारमा सहयोग गर्दै आइरहेको वताउनुभयो । कोभिडको प्रभावमा परेका अपांग, एकल महिला तथा विपन्न परिवारकालाई उपचारमा समेत सहयोग गर्दै आइरहेको र आगामी दिनमा पोखरा २० मा रहेको विपदमा परेका अति विपन्न परिवारलाई समेत सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
त्यस्तै आई एन एफ नेपालका कार्यक्रम ब्यवस्थापक श्याम बिकले आफुहरुको संस्थाले विभिन्न वडाहरुमा समेत स्वास्थ्य सामाग्रीहरु वितरण गर्दै आइरहेको र आगामी दिनमा पनि पोखरा महानगरपालिकाभित्रका विभिन्न वडाहरुमा समेत स्वास्थ्य सामाग्री वितरण गर्ने वताउनुभयो ।
सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले सरकारी क्षेत्र संगै विभिन्न संघ सस्थाको सहयोगकै कारण आफुहरुलाई वडामा काम गर्न सहज भएको वताउनुभयो । सरकारी क्षेत्रबाट सिमित मात्रामा बजेट आउने भएकाले आफुहरुलाई काम गर्नमा कठिनाइ उत्पन्न भइरहेको अवस्थामा आइ एन एफ नेपाल जस्ता विभिन्न संघ सस्थाको सहयोगबाट काम गर्नमा थप सहयोग भएको उहाँको भनाइ रहेको थियो । आई एन एफ नेपालले कोभिडको बर्तमान अवस्था र आउन सक्ने तेश्रो लहरलाई मध्येनजर गरी अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि विपदमा परेकाहरुलाई सहयोग गर्नका लागी आइ एन एफ नेपाल संग सहकार्य गरी अगाडि वढ्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।

उक्त अवसरमा अक्सिजन सिलिण्डर सहित, मास्क, पिपिइ, सेनिटाइजर, थर्मोमिटर, अक्सिमिटर, विपि सेट, अक्सिजन क्यानला,नाइलन डोरी लगायतका सामाग्रीहरु प्रदान गरिएको थियो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!