पत्रकारमा आँफैं नै प्रेस काउन्सिल हो भन्ने भावनाको विकास नहुँदासम्म पत्रकारिता क्षेत्र मर्यादित बन्न नसक्ने मन्त्री खड्काको भनाई

पोखरा । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ कास्कीको संयोजनमा नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा पत्रकार आचार संहित जागरण कार्यक्रम आज सोमबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जबसम्म पत्रकारमा म नै प्रेस काउन्सिल हो भन्ने भावनाको विकास हुनु पर्ने बताउदैं यदि त्यो भावनाको विकास भएन भने पत्रकारिता मर्यादित हुन नसक्ने बताउनुभयो । उहाँले आँफु अध्ययनको क्रममा बेलायत रहदाको स्मरण गर्दै बेलायतका पत्रकारहरुले म नै प्रेस काउन्सिल हो भनेको सुन्दा अचम्म लाग्थ्यो र सकरात्मक सुचना प्रवाहमा उनीहरु लागेका बताउदैं त्यसैले आज विकासको दृष्टिकोणबाट पनि उनिहरु अगाडि रहेको जनाउनु भयो । उहाँले जनताको हित र अधिकारको मर्यादा राख्ने काम पत्रकारिताले गरेको भन्दै प्रेस नेपालमा मात्रै नभई संसारभर नै शक्तिशाली शक्तिका रुपमा हेरिएको र यसलाई पत्रकारलाई डगमगाउन नदिन आग्रह गर्नुभयो ।
मन्त्री खड्काले पत्रकारका समाचारका आधारमा नागरिकको धारणा बन्ने गरेको बताउदैं पत्रकारहरुले दिएका सुचनाहरुले धेरै ठूलो महत्व राख्ने बताउनुभयो । उहाँले पत्रकारले कलम चलाउँदा पत्रकार गम्भिर र जिम्मेबारी बन्नुपर्ने धारणा बताउनु भयो । उहाँले नकरात्मक समाचारका कारण सकरात्मक समाचार समाजमा प्रवाह हुन नसकेकोले तथ्य, सत्यहीन समाचारलाई नियमन गरी कारबाहीको दायरा भित्र प्रेस काउन्सिल र पत्रकार महासंघले नै ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जय नारायण आचार्यले पत्रकारले जे लेखे त्यही समाजले पत्याउने भएकाले सत्य र तथ्य परक समाचार मात्र सम्पे्रषण गर्न आग्रह गर्नुभयो । उहाँले सकरात्मक सन्देश प्रवाह हुने समाचार सम्प्रेषण गर्नुपर्ने दायित्व पत्रकारको भएको उल्लेख गर्दै बिशेष ध्यान पु¥याउन आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले तथ्यलाई पुष्ठि गरेर प्रमाण सहित समाचार लेख्नुपर्ने बताउदैं आचारसंहिताले कुनै पनि पेशा व्यवसायलाई नियममा बाध्ने भएकाले यसलाई मर्यादित ढंगले प्रयोगमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले आफुहरुले शंकाका आधारमा सूचना नदिएर पुष्ठि सहितको सूचना दिने गरेको जानकारी गराउदैं समाचार लेख्दा पत्रकारलाई बिशेष ध्यान पु¥याईदिन आग्रह गर्नुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आचार संहिताको मन्त्रलाई पत्रकारले ख्याल गर्नुपर्ने आवश्यकता रहेको बताउदैं स्वच्छ पत्रकारिताको नमूना पोखरा बन्नुपर्ने धारणा राख्नुभयो । बस्नेतले जनताको प्रतिनिधि पत्रकार पनि भएको उल्लेख गर्दै पत्रकारले रिसर्च ओरियन्टेड काम गर्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारले कुनै पार्टीकारिता वा पाटीको सदस्य नलिई स्वतन्त्र हुनुपर्ने तर्फ जोड दिनुभयो ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय पत्रकारिता क्षेत्रमा उठेको आचारसंहिताको विषयलाई चिरफार गर्ने ध्येयका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी गराउदैं पछिल्लो समयमा संचार क्षेत्रमा बढ्दो आकर्षण रहेको पनि बताउनुभयो । उहाँले आगामी समयमा पनि कास्कीका पत्रकारहरुको हित बमोजिमको कार्यक्रम ल्याउन तर्फ महासंघ केन्द्रीत रहने बताउनुभयो ।
कार्यक्रममा पत्रकार आचार संहिता सम्बन्धि प्रस्तुती प्रेस काउन्सिल सदस्य दुर्गा भण्डारीले राख्नुभएको थियो ।
कार्यक्रममा गण्डकी विश्वविद्यालयका परामर्शकर्ता डा. मेघनिधि भण्डारी,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमील्सिना, नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बद्रीविनोद प्रतिक, निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले नेपालको पत्रकारिता क्षेत्रमा नकरात्मक विषयलाई मात्र बढी महत्व पाउन थालेकाल भ्युज बढाउन चरित्र हत्या गर्ने खालका समाचार आउन थालेकोले समाजमा राम्रा पत्रकारलाई समेत हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न जरुरी रहेको बताएका थिए ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!