कास्की काँग्रेस सांगठनीक योजना निर्माणमा जुट्यो

पोखरा । नेपाली काँग्रेस कास्की पार्टी सदृढिकरणका लागि सांगठनीक योजना निर्माणमा जुटेको छ ।
कास्की काँग्रेसका सभापति किशोरदत्त बरालले संगठनलाई मजबुत बनाउन योजना आवश्यक पर्ने बताउदैं योजना अनुसार नै पार्टीलाई अघि बढाउन खोजेका बताउनुभयो ।
सहसचिव नवीन सिग्देलले योजना निर्माणका लागि पार्टीले सोमबार पोखरामा कार्याशाला गोष्ठी गरेर योजना प्रस्तुत गरी सुझाव समेत लिएको जानकारी दिनुभयो ।
कार्यक्रममा कास्की काँग्रेसका पदाधिकारी एवं सदस्य, क्षेत्रीय सभापति, प्रदेश सभापति, पोखरा महानगर सभापति, गाउँपालिका सभापति, निर्वाचित वडाअध्य र उद्योग÷व्यवसायीको सहभागिता रहेको थियो ।
प्राप्त सुझावका आधारमा योजनालाई अन्तिम रुप दिइने र पहिलो चरणको योजना निर्वाचन लक्षित गर्दै ६ महिनाको बनाइने बरालले बताउनुभयो ।
कार्यक्रमलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा इन्द्र तिवारी, पूर्व प्रशासक सूर्यप्रसाद भण्डारी, महाधिवेशन प्रतिनिधि डा. कृष्णप्रसाद पौडेल, शिक्षासेवी विष्णु अधिकारीले लगायतले सहजीकरण गर्नुभएको थियो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!