बोट रेसमा स्विमिङपुल घाट प्रथम

पोखरा । रेवान पोखराले आयोजना गरेको २३ आंंै पोखरा सडक महोत्सव अन्तर्गत डुङ्गा दौड प्रतियोगितामा स्विमिङपुल घाटको ए समुहले प्रथम स्थान हाँसिल गरेको छ ।
बसुन्धारा पार्कदेखि बाराही मन्दिर घुमेर पुन ः बसुन्धरा पार्क सम्मै सो दौड प्रतियोगिता भएको हो ।
विभिन्न ११ समुहले भाग लिएको प्रतियोगितामा २० मिनेट ४५ सेकेण्टमा निश्चित दूरी पार गर्दै स्विमिङपुल ए ले प्रथम स्थान हाँसिल गरेको हो । २० मिनेट ४८ सेकेण्डमा दूरी पार गरेको फेवा घाटले दोश्रो तथा २० मिनेट ५० सेकेण्डमा दौड पुरा गर्दै बाराही घाटको सी टोलीले तेश्रो स्थान हाँसिल ग¥यो ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय स्थान हाँसिल गरेका समुहले क्रमश नगद २०, १० र ५ हजार सहित प्रमाणपत्र पुरस्कार प्राप्त गरेको खेलकुद समिति सदस्य अनिल थापाले जानकारी दिए । विजयी टिमलाई रेवान पोखराका पूर्वाध्यक्ष बलराम पहारी, कार्यसमिति सदस्य विप्लव पौडेल, फेवा डुङ्गा व्यवसायी संघका अध्यक्ष बुद्धिबहादुर नेपाली लगायले पुरस्कार वितरण गरेका थिए ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!