बिद्यालय स्तरीय कार्यक्रम संचालन गरिने

लेखनाथ । लेखनाथ उद्योग बाणिज्य संघबाट आयोजना गरिएको १७ औ लेखनाथ महोत्सवलाई मध्यनजर गर्दै यस क्षेत्रमा रहेका बिभिन्न सामुदायीक तथा संस्थागत बिद्यालयहरुका प्रचार्यहरुको बैठक शुक्रबार संघका कार्यसमिति सदस्य एवं बिद्यालय स्तरीय कार्यक्रम उप˗समिति संयोजक सन्तोष बरालको संयोजकत्वमा  सम्पन्न भएको छ  ।
बैठकमा प्याब्सन कास्कीका अध्यक्ष मथुरा पौडेल, युनिप्स कास्कीका तर्फबाट सन्तोष तिवारी, ग्लोवल कलिजीयट मा.बि.का संस्थापक पदमराज ढकाल, डायमण्ड मा.बि.का संस्थापक हरिप्रसाद लामिछाने, सिद्धि बिनायक बोडिङ स्कुलका प्राचार्य ज्ञानेन्द्रमोहन भट्टराई, सरस्वती टिका मा.बि.का प्रधानाध्यापक सुर्यराज अधिकारी लगायतले आसन्न लेखनाथ महोत्सवमा उल्लेख्य मात्रमा बिद्यालयका बालबालकिाहरुको सहभागिता गराउने र प्रतियोगितामा कुनै एक बिधामा मात्र नभई बिभिन्न बिधामा सहभागिता जनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
सो अवसरमा मन्तव्य राख्नु हुंदै संघका बरिष्ठ उपाध्यक्ष बिनोद श्रेष्ठले लेखनाथ महोत्सव छुट्टै पहिचान बोकेको महोत्सव भएकोले भविश्यका कर्णधारको रुपमा रहेका बिद्यार्थिहरुको आफ्नो प्रतिभा देखाई क्षमता प्रदर्शन गर्ने थलोको रुपमा महोत्सव कोशे ढुंगा सावित हुने बिश्वास व्यक्त गर्नु भएकोे थियो ।
बिद्यालय स्तरीय कार्यक्रम व्यवस्थापन उपसमितिका सह संयोजक निर्मल पौडेलले संचालन गर्नु भएको कार्यक्रममा संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु)ले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियो ।   

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!