आँधीखोला गाउँपालिका वडा नं २ को वडा कार्यालय भवनको गाउँपालिका अध्यक्षद्वारा शिलान्यास

आँधीखोला गाउँपालिका वडा नं. २ को वडा कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएको छ ।
स्थानीय तह निर्वाचनमा आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले आफ्नो कार्यकालमा सबै वडा कार्यालय भवन निर्माण गरी वडा बासिन्दालाई व्यवस्थित रुपमा सेवा प्रवाह गर्ने प्रतिबद्धता गर्नुभएको थियो । चुनावी प्रतिबद्धता अनुसार पाँच वटा वडा कार्यालय भवन सम्पन्न भएको बताउँदै आगामी वर्ष वडा नं २ को भवनसमेत सम्पन्न गरी ६ वटै वडा कार्यालय भवन सम्पन्न गर्ने स्पष्ट पार्नुभयो ।

एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण थालिएको अपाङ्गमैत्री तीनतले भवनको आँधीखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले एक कार्यक्रमवीच शिलान्यास गर्नुभएको हो । भवनको शिलान्यास गर्दै अध्यक्ष पौडेलले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले वडा कार्यालय भवन निर्माणमा गुणस्तरीयता कायम गर्न स्थानीयको सहयोग आवश्यक भएको बताउँदै निर्माणको रेखदेख र अनुगमनका लागि सबैलाई आग्रह गर्नुभयो ।

कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले बताउनुभयो। उहाँले विकास निर्माणका सवालमा जनसहभागिता अनिवार्य रहेकोले जनसहभागिता विनाको विकास सफल नहुने भएकोले स्थानीय जनताको सहभागिता जुटाएर अगाडी बढ्न जरुरी रहेको बताउनुभयो।

भवन निर्माणका लागि रु १ करोड ८७ लाख ८३ हजार ४ सय ८४ मा टेन्डर गरिएकोमा २५।९१ प्रतिशत ठेक्का घटेर रु १ करोड ३९ लाख १६ हजार ६ सय ५१ मा विवेक एण्ड कुँवर।विद्यामोहन जे।भी। वालिङ ५ स्याङ्जाले भवन निर्माण कार्यको जिम्मा लिएको गाउँपालिका कार्यालयले बताएको छ । निर्माण कम्पनीसँग २०७८ श्रावण १३ गते सम्झौता भएको र आगामी २०७९ श्रावण १३ गते पूर्ण रूपमा सम्पन्न हुने गाउँपालिकाका इन्जिनियर प्रकाश पौडेलले बताउनुभयो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!