रुपाको कालिका मा.वि का विद्यार्थीलाई न्यायो कपडा बितरण

लेखनाथ । लायन्स क्लव अफ लेखनाथ गार्डेनसिटीले रुपा गाउँपालिकाको कालिका मा.वि का विद्यार्थीलाई विहिबार न्यायो कपडा बितरण गरेको छ ।
क्लवले रुपा गाउँपालिका वडा नं. १ स्यास्त्रीमा रहेको कालिका मा.वि का ४० जना बिपन्न बालबालिकालाई एक कार्यक्रमका बिच न्यानो कपडा बितरण गरेको हो ।
क्लबले आफ्नो बार्षिक कार्यक्रम अन्र्तगत बालबालिकालाई सुइटर र टोपी एवं स्टेशनरीका सामाग्री बितरण गरेको हो ।
विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गर्दै, क्लवका पूर्व अध्यक्ष एवं लायन्स क्लव अफ ३२५ बि १ का डिर्पाटमेन्ट को—चिफ भक्तबहादुर के.सी ले क्लवका सदस्यहरुले खाजा खर्च कटाएर संकलित भएको रकमबाट विद्यार्थीलाई सहयोग गरिएको बताउनुभयो । के.सी ले क्लवले बार्षिक रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको उल्लेख गर्दै, विपन्न बालबालिकालाई न्यानो कपडा बितरणले बालबालिको विद्यालय आउने क्रममा सुधार हुने उल्लेख गर्नुभयो ।
कार्यक्रम संयोजक एवं लायन्स क्लव अफ ३२५ वि १ का सिनियर एओजी नबराज सापकोटाले न्यानो कपडा बितरणको कार्यक्रम ग्रामिण क्षेत्रमा प्रभावकारी हुने उल्लेख गर्दै, आगामी दिनमा थप सहयोगका कार्यक्रम समेटिने बताउनुभयो ।
क्लवका पूर्व अध्यक्ष एवं स्वास्थ्य संयोजक बालकृष्ण लामिछानेले कोभिडको न्यूनिकरण भएपछि बृहत स्वास्थ्य शिविरको आयोजना गर्न क्लवले सहयोग गर्ने बताउनुभयो ।
लायन्स क्लव अफ लेखनाथ गार्डेनसिटीका अध्यक्ष राजनकल्याण बड्गामीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास खनाल, विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्रराज पौडेल, क्लवका प्रथम उपाध्यक्ष रविचन्द्र घिमिरे र क्लवका सचिव विश्वमणि अधिकारी लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!