कस्केली टेबल टेनिस खेलाडी दाङमा भिड्दै

पोखरा । दाङको तुलसीपुरमा सञ्चालन हुने खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेवल टेनिस प्रतियोगितामा सहभागी हुन कास्कीका खेलाडी दाङतर्फ लागेका छन् ।
कास्कीबाट सहभागी हुने खेलाडी तथा व्यवस्थापकलाई बुधबारै बिदाइ गरिएको छ ।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले खेलाडीलाई सफलताको शुभकामना दिँदै कास्कीको गौरव बढाउन आग्रह गर्नुभयो ।
टेवुलटेनिस संघका अध्यक्ष उत्तम जोशीले कास्की जिल्लाको शिर उच्च पारेर फर्किन प्रयास गर्न निवेदन गर्नुभयो ।
पुस १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कास्कीबाट दीपकराज गिरि, सुलभ केसी, अंकिता गुरुङ र अनिशा गौतम सहभागी हुँदै छन् । उनीहरुको व्यवस्थापनका लागि संघका सदस्य कृष्ण रानाभाट र राहुल सुनार पनि साथ साथमै दाङ पुग्दैछन् ।
गत वर्ष चैतमा हुने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण रोकिएको थियो । प्रतियोगितामा बिजेताले ५ लाख ४३ हजार रुपैया जित्ने छन् ।
नेपालमै सबैभन्दा ठूलो धनराशीको उक्त प्रतियोगितामा तीन वटा विभागीय टोली र २५ जिल्लाका खेलाडीको सहभागिता रहने जनाइएको छ ।
तीन दिनसम्म चल्ने प्रतियोगिता सम्पन्न गर्न १७ लाख बढी लागत लाग्ने र प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई खान÷बस्नको व्यवस्था आयोजकले नै गरेको छ ।
युथस अफ तुलसीपुरकोे आयोजना तथा दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका–६ को टेबल टेनिस कर्भड हलमा हुने भएको हो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!