पोखरा सडक महोत्सवको तयारी पुरा, गृहमन्त्री बालकृष्ण खाँडद्धारा उद्घाटन, महोत्सवमा आउनेलाई जोनसेन खोप उपलब्ध

पोखरा । रेष्टुरेष्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गर्ने २३ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी पुरा भएको छ । भोलीदेखि शुरु हुने महोत्सवको तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
महोत्सव संयोजक नरेश भट्टराईले महोत्सवको उद्घाटन कार्यक्रममा बाजागाजा सहितका २५ भन्दा बढी साँस्कृतिक समूहको सहभागिता रहने जानकारी पत्रकार सम्मेलनमा दिदैं महोत्सव स्थलमा ३० भन्दा बढी हस्तकलाको स्टल रहनेछ बताउनु भयो। ३ दिन सम्म चल्ने महोत्सवमा कोमागाने पार्कभित्र हुने कार्यक्रमका लागि भने टिकट शुल्क लाग्ने उनले बताए । उहाँका अनुसार दिउसोको लागि ५० रुपैया र बेलुका कन्सर्टको लागि १ सय रुपैयाँ प्रवेश शुल्क लाग्नेछ ।
संयोजक भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकि प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगितात्मक आकर्षणहरुको व्यवस्था गरि आयोजक समितिले महोत्सवलाई भव्य रुपमा सफल पार्ने आशा लिएको बताउदैं महोत्सव अवलोकनमा आउनेहरुको सहजताका लागि रात्रिकालिन बस सेवाको पनि व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले यसपटकको महोत्सवमा विशेष हेल्थ प्रोटोकललाई विशेष ध्यानमा राखिने बताउदैं यसका लागि विभिन्न स्थानमा हेल्थ डेष्क, मास्क तथा स्यानिटाइजर जस्ता सुरक्षाका उपायहरु अपनाइनेका साथै महोत्सव अवलोकन गर्न आउने महानुभावहरुलाई कोभिड विरुद्धको जोनसेन एण्ड जोनसेन खोप उपलव्ध गराइने पनि जानकारी दिनुभयो । उहाँले शुक्रबार ११ बजेदेखि ४ बजेसम्म स्ट्रीट नं. ५ मा खोप उपलब्ध गराइने जानकारी दिनुभयो ।
रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले सुस्ताएको अर्थ तर्थन्त्रले बिस्तारै गति लिदै गर्दा फेरि यो नयाँ भेरिएन्ट्ले विश्व नै ठप्प पार्ने हो कि भन्ने प्रश्न सम्पुर्ण जनमानसमा चासोको विषय बनिरहँदा रेवान पोखरा तथा विभिन्न सरोकारवाला निकाय, पर्यटन व्यवसायीहरु यस बर्ष पनि पोखरा सड्क महोत्सव आयोजना गर्ने निष्कर्षमा पुगेको बताउदैं यस बर्षका महोत्सवमा कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिदै, पोखरा खुल्दैछ भन्ने सकरात्मक सूचना प्रवाह गर्न पर्यटन प्रवद्र्धन साथसाथै पोखरालाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल“ को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले सडक महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
त्यस्तै, गृहमन्त्री बालकृष्ण खाँड भोली पोखरा आउँदैहुनु रहेको र रेष्टुरेण्ट तथा बार एसोसियसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा आयोजना गर्न लागेको खाँडले २३ औं सडक महोत्सवको दिउँसो १ बजे कोमागाने पार्क लेकसाइडमा उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जानकारी गराएको छ ।
त्यसपछि गृहमन्त्री खाँडले दिउँसो २ः३० बजे तमु धिं नेपालले तमुहरुको नयाँ वर्ष तमु ल्होछार(तोल्हो) २०७८ को अवसरमा आयोजना गरेको ल्होछार विशेष कार्यक्रमलाई उदघाटन गर्ने कार्यक्रम पनि रहेको उहाँको सचिवालयले जानकारी गराएको छ ।
खाँडले पोखरा बसाईमा गण्डकी सरकारको पछिल्लो गतिविधिका विषयमा जानकारी लिने र पोखराको एकदिने बसाईमा सुरक्षा निकाय, व्यवसायिक, राजनीतिक र सामाजिक व्यत्तित्वहरु सँग भेटघाट गर्ने कार्यक्रम समेत तय भएको सचिवालयले बताएको छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!