गण्डकी प्रदेश पुरुष छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा कास्की ९८ रनले विजयी

पोखरा । पोखरा रंगशालामा जारी गण्डकी प्रदेश पुरुष छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा कास्कीले स्याङ्जामाथि ९८ रनको फराकिलो जित हाँसिल गरेको छ । कास्कीले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा स्याङजाको पारी मात्रै ६५ रनमा समेटिएपछि कास्की विजयी भएको हो । पहिला व्याटिङ्ग गरेको कास्कीले पुरा ४० ओभर खेल्दै ९ विकेटको क्षतीमा १ सय ६३ रनको योगफल तयार पारेको थियो ।
कास्कीको व्याटिङ्गमा अनिल गुरुङ्गले ५२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४३ रन जोडे । त्यस्तै, कप्तान विपिन खत्रीले १ छक्का र १ चौका प्रहार गर्दै ३३ रन जोडे भने कृष्ण पौडेलले ३० रन बनाएका थिए । स्याङ्जाका बलरहरु टिकाराम गैह्रेले ३ तथा इश्वर खनालले २ विकेट लिए ।
स्याङ्जाको व्याटिङ्ग लाइनअप चल्न नसकेपछि उसको पारी लडखडाएको थियो । मात्रै २०.२ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुगेको स्याङजाको लागि सन्दिप खत्रीले १२ तथा सुरज गुरुङ्गले १० रन जोडे । अन्य व्याट्स्म्यानले दोहोरो आँकडाको योगफल समेत तयार पार्न सकेनन् । स्याङजाको व्याटिङ लाइनअप ध्वस्त पार्ने क्रममा कास्कीका बलरहरु कृष्ण पौडेल, विश्व कार्की, सुवास भण्डारी र विपिन खत्रीले २–२ विकेट लिएका थिए ।
खेलमा कास्कीका कृष्ण पौडेल म्यान अफ द म्याच हुनुभयो । उहाँलाई नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषि गौतमले ट्रफि प्रदान गर्नुभयो ।
छनौंट प्रतियोगिताको अन्तिम खेल मंगलबार कास्की र नवलपुर विच हुने छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!