कालिका बहुमुखी क्याम्पसको ३० औं वार्षिकोत्सव सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नंं १४ काजीपोखरी स्थित कालिका बहुमुखी क्याम्पसको ३० औं वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी सोमबार सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सामुदायिक क्याम्पसहरुको समस्यालाई गण्डकी प्रदेश सरकारले पहिचान गरिसकेको र चाँडै नै क्याम्पसहरुसँग आवश्यक सल्लाह गरी समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कालिका बहुमुखी क्याम्पस गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिवद्ध देखिएकोले प्रदेश मै सर्वोत्कृष्ट क्याम्पस हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा क्याम्पसको स्थापना एवं शैक्षिक विकासको लागि योगदान पु¥याउने संस्थापक क्याम्पस प्रमुख स्व. वलविर सिंह नेगी र संस्थापक उपाध्यक्ष स्व. सन्त बहादुर गुरुङलाई मरणोपरान्त सम्मान गरिएको थियो । स्व. नेगीका छोरा प्रमुख सेनानी सन्दिप सिंह नेगी र स्व. गुरुङका छोरा गौरव गुरुङलाई प्रमुख अतिथि मुख्यमन्त्री नेपालीले उक्त मरणोपरान्त सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा लामो समय अवधि अध्यापन गरी बिदाई हुने क्याम्प्सका प्राध्यापक डा.यदुनन्दन ढकाल, डा.ज्ञानबहादुर कार्की र प्रेमलाल बराललाई सम्मान गरिएको थियो । त्यसैगरी क्याम्पसमा अध्यापनरत प्राध्यापक खडानन्द लामिछाने र कर्मचारी देवी वि.क.लाई क्याम्पसको तर्फबाट प्रमुख अतिथि मुख्यमन्त्री नेपालीले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा भलिबल, फुटबल, टेबलटेनिस, ब्याटमिन, बुद्धिचाल, लङ्ग जम्प, हाई जम्प लगायतका खेलमा उत्कृष्ट विद्यार्थीहरुलाई क्याम्पसका कार्यवाहक अध्यक्ष किरण के.सी.ले पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
यसैगरी क्याम्पसमा सम्पन्न भएका कविता प्रतियोगिता, निबन्ध प्रतियोगिता, हाजिरजवाफ प्रतियोगिता, वादविवाद प्रतियोगिताका विजयी विद्यार्थीलाई क्याम्पसका सञ्चालक समिति एवं संरक्षक, सिनेटर र प्राध्यापकहरुले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । सोही कार्यक्रममा क्याम्पसमा स्थापित सूर्य–प्रेम छात्रवृत्ति अक्षयकोष, केदार मनभुजा छात्रवृत्ति अक्षयकोष, लक्ष्मण चन्द्र लक्ष्मी छात्रवृत्ति अक्षयकोष र मोहन स्मृति छात्रवृत्ति कोषबाट प्राप्त रकम विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।
क्याम्पस सञ्चालक समितिका कार्यवाहक अध्यक्ष किरण के.सी.को सभापतित्वमा सम्पन्न सो समारोहमा पब्लिक क्याम्पसका केन्द्रीय सम्पादन समितिका सदस्य एवं जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरञ्जी गौतम, वडा नंं १४ का वडा अध्यक्ष प्रेमबहादुर कार्की, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, प्राध्यापक विरबहादुर बुढाथोकी, विद्यार्थी कल्याण समितिकी अध्यक्ष समिक्षा चपाईं लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख रवीन्द्रनाथ बाँस्तोलाले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख वसन्त अधिकारीले गरेका थिए भने धन्यवाद ज्ञापन सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिना र स्वागत सञ्चालक समितिका उपाध्यक्ष बोधबहादुर कार्कीले गर्नुभएको थियो ।
कार्यक्रममा प्राध्यापक शंकर ज्ञवालीले कविता वाचन गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न नृत्य तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो कार्यक्रमको सञ्चालन विद्यार्थी कल्याण समितिका करिना गुरुङ र ईशान बुढाथोकीले गरेका थिए ।
२०४८ सालमा स्थापना भएको कालिका बहुमखी क्याम्पसमा स्नात्तकोत्तर तह देखि कक्षा ११÷१२ सम्मको पठनपाठन हुँदै आएको छ । व्यवस्थापन, मानविकी, शिक्षा संकायका कक्षाहरु सञ्चालन हुने सो क्याम्पसमा हाल १३०० विद्यार्थीहरु अध्ययन गरिरहेको प्रशासन प्रमुख हुकुमराज थापाले जानकारी दिनुभयो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!