प्रदेश खेलकुद परिषदले सुरु ग¥यो तिन महिने सहायक प्रशिक्षक तालिम, ‘प्रदेश खेलकुद निती बनाउँछौ’– मुख्यमन्त्री नेपाली

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीले ३ तिनमहिने सहायक प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको छ । उक्त तालिमको एक कार्यक्रमका विच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा मुख्यमन्त्री नेपालीले यो तिन महिने प्रशिक्षणले खेलाडीको मनोवल उच्च बनाउन सहायक हुने बताउँदै प्रदेशको खेलकुदलाई व्यवस्थित बनाउन प्रदेश खेलकुद निती निर्माणका लागि पहल सुरु गर्ने बताउनुभएको छ । खेलकुदको महत्व समाजले धेरै वुझेको धारणा अघि सार्दै मुख्यमन्त्री नेपालीले भन्नुभयो–“जसरी हामीले प्रदेशको स्वास्थ्य र शिक्षालाई प्रभावकारी बनाउन निती बनायौं त्यसरी नै प्रदेशको खेलकुदलाई व्यवस्थित बनाउन हामी खेलकुद निती निर्माण गर्नेछौं ।” उहाँले चाँडैनै विज्ञहरु राखेर खेलकुद निती निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने समेत उल्लेख गर्नुृभयो ।
प्रदेशको खेलकुद विकासलाई अघि बढाउन सरकार संग भएको स्रोत र साधनको समुचित उपयोग गर्दै मुख्यमन्त्री नेपालीले उच्चस्तरको समिती गठन गरेर प्रदेश भित्रका जग्गाहरुको खोजी गर्ने संगै प्रदेशको हिमाली, पहाडी र तराईमा कुन खेल कहाँ गर्ने भन्ने विषयमा समेत अध्ययन गरिने बताउनुभयो । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद आयोजना हुनु प्रदेशका लागि गौरवको विषय रहने बताउँदै आयोजनाका लागि प्रदेश सरकार गभ्मिर भएर अघि बढ्ने बताउँदै मुख्यमन्त्री नेपालीले भन्नुभयो–“नवौं राष्ट्रिय खेलकुदको तयारी संगै खेलकुद विकासका लागि कहाँ र कस्ता पूर्वाधारहरुको निर्माण आवश्यक्ता हुन्छ त्यसका लागि आगामी बजेटमा पहल गर्नेछौं ।”
सो अवसरमा यूवा तथा खेलकुद मन्त्रालयका सचिव धु्रव गैडाले तालिम सफलताको शुभकामना व्यक्त गर्दै खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालय गम्भिर भएर अघि बढ्ने उल्लेख गर्नुभयो ।
त्यसै गरी राष्ट्रिय खेलकुद परिषदका सदस्य राजशे कुमार गुरुङले प्रदेशको खेलकुद विकास र खेलाडीको भविष्यका लागि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्नु पर्ने समय आएको बताउँदै प्रदेशमा आवश्यक खेलकुद पूर्वाधारहरुको निर्माणमा पहल गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा आफ्ना धारणा राख्दै खेल विज्ञ डा.प्रकाश प्रधानले समग्र सामाजिक परिवर्तन र आर्थिक रुपान्तरणका लागि खेलकुदको विकास अपरिहार्य रहने कुरामा जोड् दिंदै भन्नुभयो–“खेलकुद नै समाज र राष्ट्रको विकासका लागि उच्च मानक हो र त्यो तथ्यमा आधारित छ ।” उनले गण्डकी प्रदेशले पहिलो पटक सहायक प्रशिक्षण उत्पादन गर्न शुरुवात गरेकोमा आभार व्यक्त गर्दै खेलकुद प्रशिक्षक उत्पादनका लागि वैज्ञानिक दक्षता हासिल गर्न कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।
यसै गरी खेल विज्ञ डा.पदम खडकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गौरव बढाउन प्रदेश सरकारले हाइ अल्टिच्यूड खेल मैदानको निर्माण कार्य अघि बढाउन जोड दिनुभयो । उहाँले खेलकुद विकासका संङै प्रदेशलाई खेलकुदको अनुशन्धान केन्द्रको रुपमा विकास गरिनुपर्ने कुरा औंल्याउनुभयो ।

प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले मुलुकको समृद्धिका लागि खेलकुदको विकास अपरिहार्य रहने कुरामा जोड दिंदै दिगो विकास लक्ष्य हासिल गर्न खेलकुदको महत्व अझै बढेर गएको धारणा राख्नुभयो ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषीराम गौतम, कार्यक्रमका संयोजक कृष्ण तिमिल्सिना लगायतले आफ्ना भनाई राखेका थिए ।
प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको उक्त तिन महिने सहायक प्रशिक्षण तालिममा ९ जिल्लाका ९३ जना प्रशिक्षकहरुको सहभागिता रहेको छ । तालिममा खेल विज्ञहरु डा.प्रकाश प्रधान, प्रो.डा.रामकृष्ण महर्जन, डा.पदम खड्का, डा. खडग सिंह गुरुङ, पार्थ सारथी सेन गुप्ता, इन्द्र गुरुङ, रिता प्रजापती, आशिष आचार्य, दिवाकरलाल अमात्य, मधुसुदन सवेदी, सुलोचना सिजाख्वा, डा.मनिष कुमार साह र प्रो.पशुपती अधिकारीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!