छोरीको संम्झनामा बुबाआमा द्वारा अक्षयकोष स्थापना

पोखरा । गतबर्ष करेन्ट लागेर मृत्यु भएकी माछापुच्छ्रे ३ धिताल कि अबिश्री पौडेलको सम्झनामा अक्षयकोष स्थापना भएको छ । स्वर्गीय अबिश्रीको नाममा उनका बुबा त्रिबिक्रम पौडेल र आमा शिव कुमारी अधिकारीले सोमबार ५१ हजार रुपैयाँको अबिश्री अक्षयकोष स्थापना गरेका हुन् ।

पोखरा ३१ बेगनासमा रहेको श्री आनन्द ज्योति माध्यमिक बिद्यालयले संचालन गर्नेगरि उक्त अक्षयकोष स्थापना भएको विद्यालयका प्रधानध्यापक शिबराज अधिकारीले जानकारी दिनुभयो ।

कोषको ब्याजबाट आउने रकम आनन्द ज्योति माध्यमिक विद्यालयमा अध्ययनरत २ जना विद्यार्थीलाई प्रदान गरिने गरेर अक्षयकोष स्थापना भएको विद्यालयले जनाएको छ । ब्याजको आधा रकम रहेक बर्ष कक्षा ५ बाट पास हुने एक जना उत्कृष्ट छात्रा र आधा रकम विद्यालयका सर्बोकृष्ट विद्यार्थीलाई प्रदान गरिने जनाईएको छ ।

सोही कार्यक्रममा स्वर्गीय आबिश्रीका बुबा आमाले छोरीको सम्झनामा कक्षा ५ सम्मका ५० जना छात्र छात्रालाई शैक्षिक सामाग्री समेत प्रदान गरेको बिद्यालयले जनाईएको छ । ११ बर्षिय आबिश्रीको गतबर्ष करेन्ट लागेर ज्यान गएको थियो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!