कोरोनाका कारण अघिल्लो वर्ष रोकिएको लेखनाथ महोत्सव माघ १३ देखि , पौष ११ देखि स्टल बुकिङ खुल्ला

पोखरा । १७ औँ लेखनाथ महोत्सव आगामी माघ १३ देखि लेखनाथ महोत्सव आयोजना हुने भएको छ । लेखनाथ उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सव माघ २४ गते सम्म हुने उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिनुभयो ।
लेखनाथ उद्योग वाणिज्य संघ को आयोजनामा हुने महोत्सव पोखरा २७ तालचोक डाँडाको नाकमा हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।
‘महोत्सव लेखनाथको संस्कृति,स्थानीय उत्पादन, विकास र सम्वृद्धि’भन्ने नारासहित हुन लागेको महोत्सवमा करिब ३०० स्टल रहने महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक गोपिचन्द्र बाँस्तोलाले बताउनुभयो ।
कोभिड १९ को कारण थला परेको अर्थतन्त्रलाई चलायनमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको संघले जनाएको छ ।
मेलामा राखिएको स्टलहरुबाट १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । भने महोत्सवबाट १ करोड ५ लाख आम्दानी हुने र ९० लाख खर्च भई १५ लाख बचत हुने अनुमान गरिएको छ ।
महोत्सवका लागि संघका सदस्यहरुलाई प्राथमिकता दिई १० प्रतिशत छुटमा आजदेखि स्टल बुकिङ खुल्ला गरिएको छ भने अन्य व्यवसायीका लागि पौष ११ देखि स्टल बुकिङ खुल्ला गरिने अध्यक्ष क्षत्रधर आत्रेयले जनाकारी दिनुभयो ।
महोत्सवमा साहित्यीक कार्यक्रम, महिला विशेष कार्यक्रम, विद्यालय स्तरिय कार्यक्रम, साँस्कृतिक कार्यक्रम, आदाीवासाी जनजाति विशेष कार्यक्रम, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सुचना प्रविधि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रर्दशनी लगायतका कार्यक्रम हुनेछ । यस्तै जातजातिहरुको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा र महिला समुहहरुको आफ्नो झाँकीर्याली तथा भेषभुष प्रदर्शनी रहने प्रेस विज्ञप्तीमा उल्लेख छ ।


ख्याती प्राप्त हास्य व्यंग्य कलाकारको दैनिक प्रस्तुती, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरुलाई लक्षित लाइभ म्युजिक कन्सर्ट कार्यक्रमको मुख्य आर्कषणमा रहेको आयोजकले बताएको छ । यस्तै बाल उद्यान, खाना महोत्सव पनि महोत्सवको आर्कषण केन्द्रमा रहेको छ ।
औद्योगिक उत्पादन तथा हस्तकलाका सामानको बजार प्रर्वद्धन,पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, जातीय भेषभुषा,कला संस्कृति,रीतिरिवाजको जगेर्ना ,आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आर्कषण गर्नु महोत्सवको मुख्य उद्धेश्य रहेको छ ।
महोत्सवबाट हुने बचत प्रदर्शनी स्थल र संघको भवनको स्तर उन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग , कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास , पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षणमा खर्च गरिने आयोजकले बताएको छ । यस्तै संघले यो वर्षलाई रजत वर्षको रुपमा पनि मनाउन लागेको अध्यक्ष आत्रेयले जानकारी दिनुभयो ।
लेखनाथ महोत्सव २०७८ लाई संचालन गर्न ८ सदस्यीय निर्देशक समिति, ३६ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४९ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको अध्यक्ष आत्रेयले जानकारी गराए । उनले महोत्सवमा करिब ३०० स्टल रहने र २ लाख ५० हजार दर्शकले मेला अवोलकन गर्ने अपेक्षा गरिएको बताए । मेला समय अवधिभर करिब १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवबाट १ करोड ५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्न करिब ९० लाख खर्च हुने अनुमान गरिएको छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!