महाधिवेशनले पार्टी एकत्रित र एकताबद्ध भएको काँग्रेस सहमहामन्त्री परियारको भनाई

पोखरा । नेपाली काँग्रेसका सहमहामन्त्रीमा निर्वाचित जिवन परियारले काँग्रेसको १४ औँ महाधिवेशनले पार्टी एकत्रित र एकताबद्ध रहेको सन्देश दिएको बताउनु भयो ।
प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मलेनमा पार्टीभित्रको गुटगटको अन्त्य गरेर पार्टीलाई अघि बढाउन आफुहरु प्रतिवद्ध रहेको परियारले बताउनु भयो ।
सहमहामन्त्रीमा निर्वाचित भएपपछि पहिलोपटक पोखरा आएका परियारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)दलहरुको सहमति बिना पास हुन नसक्ने बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै परियारले सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेसँगको सहमति पश्चात मात्रै एमसीसी पास सम्भव हुने बताउनु भयो ।
परियारले आगामी निर्वाचनमा गठबन्धन कायम रहने वा नरहने भन्ने बारे पार्टीभित्र औपचारिक छलफल नभएको बताउदैं एमसीसीकै कारण पाँच दलीय गठबन्धन नटुट्ने बताउनभयो ।


पछिल्लो समय काँग्रेसमा युवापुस्ताको आर्कषण बढेको र यसपाली महाधिवेशनमा निर्वाचित युवापुस्ताको नेतृत्वमा कास्कीदेखि देशैभरका सबै जिल्लामा काँग्रेस अब नयाँ जोशजाँगर र नयाँ ढंगले अघि बढ्ने उहाँको भनाई थियो ।
कार्यक्रममा कास्कीका सभापति किशोरदत्त बरालले सहमहामन्त्रीमा निर्वाचित परियारलाई स्वागत गर्दै कार्यकालको शुभकामना दिनुभयो ।
प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रकाशचन्दै सापकोटा र सञ्चालन सचिव प्रदीप पौडेलले गर्नु भएको थियो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!