पोखराबेसि बहुउद्देश्यीय सहकारीको तेस्रो साधारण सभा

पोखरा । पोखरा महानगर पालिका वडा नं २, बागलुङ बसपार्क मा अवस्थित पोखराबेसि बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
अधिबेशनको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा न ६ का वडा अध्यक्ष जगत बहादुर पहारीले “सहकारीको महत्व जति दुरदराज गाउँका मानिसहरुमा छ, शहर बजारका मानिसमा महत्व कम भएको भन्दै संचालकहरुले सहकारीको उद्देश्यर सिद्धान्तमा रहेर अगाडी बढ्नु पर्ने” बताउनुभएको छ । गाउँघरमा छोरा छोरी पढाउन देखी विदेश पठाउन पनि सहकारीको भर पर्ने गरेको बताउदै, सहकारीले आफ्ना सदस्यहरुको सहयोगका लागि नयाँ योजना ल्याउन पर्नेमा जोड दिनुभयो ।
पोखरा महानगर पालिका वडा न १८ का वडा अध्यक्ष रण बहादुर थापाले महानगरले सहकारीलाई ब्यवस्थित बनाउनका लागि सहकारी ऐन र नियमावली ७५ र ७६ जारी गरेको समेत जानकारी दिनुभयो । सहकारीलाई सफल र सक्षम बनाउनका लागि सम्र्पूण सदस्यहरुले आफ्नो सहकारीमा कारोबार गर्ने आग्रह गर्नुभयो ।
पोखरा महानगर पालिका वडा न २ अध्यक्ष तथा सल्लाहकार रामेश्वर मल्लले सहकारीले निम्न आर्थिक स्तर भएका सदस्यहरुको जिवन स्तर उकास्न सके मात्र सहकारीको महत्व बढ्ने बताउनुभयो ।
कास्की बचत तथा ऋण सघंका नि बर्तमान अध्यक्ष सुदिप ढकालले सस्थाका शेयर सदस्यहरुले सहकारीले दिएको बोनस लाई मात्र महत्व दिन नहुने बताउनुभयो । उहाँले सहकारीले शेयर सदस्यहरुको बचत रकम कस्तो क्षेत्रमा लगानि गरेको छ, भन्दै लगानिको बारेमा पनि शेयर सदस्यलाई बुझ्न आग्र्रह गर्नुभयो ।
अध्यक्ष नारायण पहारीले सहकारीले सदस्यहरुको मनो भावना अनुरुप नै काम गरेको बताउदै, सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्ने, नयाँ कार्यक्रमहरु ल्याइने बताउनुभयो । सहकारीको माध्यमबाट गाउँको र शहरको सम्वन्ध जोड्ने र गाउँको उत्पादनलाई शहरमा ल्याइ शहरको पुजिलाईलाइ गाउँमा लैजानुका साथै शहरमा बस्ने ब्यक्तिहरुलाई सुलभ स्वास्थ बस्तु उपभोग गर्ने बाताबरण सृृजना गरि सदस्यहरुको सुखी सम्वृद्दि बनाउने आफ्नो परिकल्पना रहेको बताउनुभयो । उहाँले बर्ष २०७८÷८९ लाई मौरी बर्षको रुपमा लिई मौरी सम्बन्धि तालिम,वितरण, उत्पादन र बजार ब्यबस्थापन सम्मको कार्य गर्ने सुनाउनुभयो ।
२०७५ सालमा स्थापना भएको सहकारीमा ३ करोड ९२ लाख ५७ हजार शेयर पुजि रहेको छ । ८ करोड ९८ लाख ३२ लाख भन्दा बढी लगानि गरेको सहकारीमा हालसम्म १ हजार १ सय १५ जना शेयर सदस्य रहेका छन ।
सहकारीले समाजिक उत्तरदायित्व अन्र्तरगत ठाउँ ठाउँ सरसफाइ गर्ने गरेको र कोभिड १९ बाट परिवारका सदस्यहरु गुमाउनु भएका शेयर सदस्यहरुलाई सहयोग तथा सहुलियत ऋण प्रदान गरेको छ ।
सदस्य ममत पराजुलीले सात सिद्धान्त वाचन गरि सुभारभ्भ गरिएको कार्यक्रममा उपाध्य दयाल गिरिले स्वागत मनतब्य राख्नुभएको थियो ।
अध्यक्ष नारायण पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार दिवसमान प्रधानङ, ग्रिन डे बैङ बाग्लुङ बसपार्क शाखाका प्रमुख पदमराज अधिकार, शिव तिमिल्सीना, सहकारी अभियान कर्ता दिपक अधिकारी, पोखरा विश्व विद्यालयका प्राध्यापक दिपेन्द्र पहारी र सचिब कृष्णप्रसाद तिमिल्सीना लगाएतका बक्ताहरुले छोटो अवधिमा नै संस्थाले गरेको प्रगतिको प्रशंसा गरेका थिए ।
कार्यक्रममा सहकारीलाई सहयोगर्ने, असल ऋणी, नियमित बचत कर्ता र असल कर्मचारी लाई सम्मान गरिएको अध्यक्ष पहारीले बताउनुभयो ।
सचिब कृष्णप्रसाद तिमिल्सीनाको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष राजु बरालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभामा सर्वसम्मत पारित गरिएको थियो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!