संवैधानिक अधिकार खोसेर लिनुपर्छ–उपसभामुख शर्मा

पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरुले संविधानले व्यवस्था गरेका हक अधिकार मागे र नभई खोसेर लिने पर्ने बताउनु भएको छ ।
नेपाल रेडक्रस सोसाईटी कास्की लैङगिक तथा सामाजिक समावेशिकरण समितिद्धारा आज पोखरामा आयोजित जिल्ला स्तरीय महिला गोष्ठीको उद्घाटन गर्दै उहाँले त्यसका लागि महिलाहरु संगठित भएर लाग्नु पर्ने बताउनुभयो ।
महिलाहरु राजनैतिक, सामाजिक र आर्थिकरुपमा हस्तक्षपकारी भूमिका निर्वाह गर्दै सशक्तिकरणमा लाग्नु पर्ने बताउँदै उहाँले प्रत्यक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता हुनु पर्नेमा जोड दिनुभयो ।
दुःख र अन्यायमा परेका व्यक्तिको उद्धारमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उपसभामुख शर्माले निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनमा पहिलो पदमा आउने गरि लाग्न महिलाहरुलाई आग्रह गर्नुभयो ।
नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका उपसभापति डण्डराज शर्मा र कृष्णप्रसाद तिमिल्सिनाले विश्व व्यापिरुपमा पैmलिएको कोभिड १९ को जोखिमको अवस्थामा रेडक्रसले आप्mना सम्पूर्ण सेवामा सञ्चालन गरेर मानवप्रति समर्पित भएको जानकारी दिनुभयो ।
संस्थाका मन्त्री धर्मराज अधिकारीले रेडक्रस विपदका समयमा मानविय सेवा सहित खानेपानीको व्यवस्था, प्राकृतिक प्रकोपमा उद्धार तथा राहत उपलव्ध गराउन सक्रिय रहदै आएको स्पष्ट पार्नुभयो ।
कार्यक्रम संयोजक एवम रेडक्रस सोसाईटीका उपमन्त्री उर्मिला खड्काले जहाँ दुःख त्यहा रेडक्रस भन्ने अभियानमा जुट्न सवैलाई आग्रह गर्दै तालिमले संस्थामा महिला सहभागिता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका पुगेको जानकारी दिनुभयो ।
कार्यक्रममा पत्रकार श्यामनाथ कुँवर, रेडक्रस जिल्ला कार्यसमिति सदस्य रमा कोइराला लगायतले रेडक्रमको महत्व माथि प्रकाश पार्नुभएको उक्त तालिममा कास्कीका बिभिन्न ४८ उपशाखाका ९६ जना महिलाहरुको सहभागिता रहेको छ ।
एक दिने सो तालिममा मोहनसिंह खड्काले रेडक्रस अधियान, उर्मिला खड्काले उपशाखामा लैङगितक तथा सामाजिक समावेशिकरणका गतिविधि र खेमराज सापकोटाले विपद्मा महिला, बालबालिका र जेष्ठ नागरिकहरुको संरक्षण बिषयमा प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!