सार्वजनिक सुनुवाइ नभएपछि वडामा तालाबन्दी

पोखरा । कुस्मा नगरपालिका वडा १३ मा सार्वजनिक सुनुवाइको माग गर्दै काँग्रेस र माओवादी केन्द्र गठबन्धनले तालाबन्दी गरेका छन् ।
५ वर्षदेखि नै सार्वजनिक सुनुवाइको माग गर्दा समेत वडाध्यक्ष जंगबहादुर केसीले बेवास्ता गरेकोमा यसअघि पनि चरणबद्ध विरोध कार्यक्रम हुँदै आएको थियो ।
बिहीबार विरोध प्रदर्शनमा वडाध्यक्ष केसीले प्रदर्शनीकारीमाथि धम्कीको भाषा प्रयोग गरेपछि आक्रोशित पक्षले तालाबन्दी गरेको स्थानीय बाबुराम केसीले जानकारी दिनुभयो । विरोधमा नेपाली कांग्रेसका वडा सभापति रामबहादुर नेपाली, माओवादी केन्द्रका तेजबहादुर कार्की लगायतले सार्वजनिक सुनुवाइ नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । वडाध्यक्ष केसीले आर्थिक अनियमितता गरेका कारण सार्वजनिक सुनुवाइमा ढिलाइ गरेको उनीहरुको आरोप छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!