मेस्सीकाे करार खेलकुद इतिहासकै सबैभन्दा ठूलो करार

स्पेनिस पत्रिका एल मुन्डोले लियोनेल मेस्सी र बार्सिलोनाबीचको करार हात पारेको दाबी गर्दै उक्त करार खेलकुद इतिहासकै सबैभन्दा ठूलो भएको बताएको छ । पत्रिकामा प्रकाशित रिपोर्टअनुसार सर्तहरु पुरा भए मेस्सीले चार सिजनमा साढे ५५ करोड (५५,५२,३७,६१९) युरो प्राप्त गर्नेछन् । यो करार सन् २०१७ को नोभेम्बरमा गरिएको थियो जुन यसै वर्षको जुन ३० मा समाप्त हुन्छ । यदि करार सम्झौता नविकरण नभए मेस्सीले क्लब छाड्न पाउनेछन् । मेस्सीले यो सिजनको सुरुवातमा नै क्लब छाडेर जान चाहेका थिए तर क्लबसँग कानुनी लडाइँ लड्न पर्ने भएपछि उनी क्लबमा बसेका थिए । शनिबार राति प्रकाशित गरिएको रिपोर्टमा अर्जेन्टिनी फरवार्डलाई क्लबले हरेक सिजन १३.८ करोड युरो दिने सम्झौता गरिएको उल्लेख छ । यसमा ११,५२,२५,००० युरो करार नविकरणको बोनस र ७,७९,२९, ९५५ युरो बफादारिताको बोनस पनि समावेश छ । पत्रिकाका अनुसार करार सकिन ५ महिना बाँकी छँदा मेस्सीले ५१,१५,४०,५४५ युरो आम्दानी गरिसकेका छन् । क्लबले सन् २०१९–२० मा  १.२ अर्ब युरो ऋणमा रहेको आर्थिक रिपोर्ट प्रकाशित गरेको भोलिपल्ट मेस्सीको करार लिक भएको हो । यसले मेस्सीलाई थप रुष्ट बनाउने आशंका गरिएको छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!