पोखराको हेमजा स्थित जैसीकुना डहरे देउरालीमा मोटरेवल पुल निर्माण गर्न स्थानियको माग

पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा २५ हेमजा स्थित जैसीकुना डहरे देउराली क्षेत्रमा मोटरेवल पुल निर्माण गर्न अभियानको सुरुवात गर्ने बताउनु भएको छ । एक समारोहका बिच पैदल पुलको मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले स्थानियको माग भए बमोजिम मोटरेवल पुल निर्माण गर्ने अभियानको सुरुवात गर्ने बताउनु भएको हो ।
सानो रकममा हालै निर्माण भएको उक्त पुलबाट स्थानियमा छाएको खुसिले आफु निकैै प्रभावित भएको बताउदै मन्त्री बरालले सानो रकमले जनतालाई धेरै खुसि छर्न सकिने जनाउनु भयो । माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले एमाले अध्यक्ष केपी शर्मा ओली दोषी भएको बताउर्दै मन्त्री बरालले केपी प्रबृत्ति खराब भएको दाबी गर्नु भयो । अङंकार र घमण्डले गर्दा केपी प्रबृत्ति नाङगिदै गएको बताउनु भयो । असली राजनीतिक पार्टी बुझ्न स्थानियलाई मन्त्री बरालले आग्रह समेत गर्नु भयो । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डको पालामा मध्यपहाडी लोकमार्ग र पोखरा विमानस्थल निर्माण कार्य सुरुवात भएको दाबी गर्नु भयो । हेमजालाई नमुना सिटिको रुपमा विकास गर्न आफुले चाहेको उहाँले बनाउनु भयो ।
पोखरा महानगपालिका वडा नम्बर २५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले मन्त्री बराल जस्तो नेता भए नेपाल १० बर्षमा सुजरल्याण्ड बन्ने दाबी गर्नु भयो । नेकपा माओबादी केन्द्र पोखरा महानगर कमिटिका सदस्य माधवशरण पौडेलले विकास निर्माणमा सवै पार्टी एक हुनुपर्ने बताउदै पोखरा २५ बाट उठेको कर भन्दा महानगरले कम बजेट विनियोजजन गर्ने गरेको गुनासो गर्नु भयो । नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेलले विकास निर्माणमा कुनै पनि राजनीति पार्टीले पूर्वाग्राह गर्न नहुने बताउनु भयो ।
पर्यटन व्यवसायी बासु त्रिपाठीले हेमजाबासीको खेतिपाती गर्ने थलो पुल पारी भएकोले डहरेदेउराली क्षेत्रमा मोटरेवल पुल आवश्यक भएको बताउनु भयो । हेमजा आमा समुहका उपाध्यक्ष उमा त्रिपाठीले आफुहरुले घाँस दाउरा तथा खेतिपाती गर्ने जग्गा सुइखेत खोला पारी भएकोले मोटरेवल पुल आवश्यक भएको बताउनु भयो । पश्चिमाञ्चल विकास मञ्चका संरक्षक धर्मराज बरालले विकासको लागि पहिलो पूर्वाधार सडक तथा पुलहरु आवश्यक भएको बताउनु भयो । समितिका अध्यक्ष तिर्थराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव खिमलाल त्रिपाठी, संचारकर्मी आरती अधिकारी लगायतले जेसीकुना डहरेदेउराली क्षेत्रमा हाल मोटरेवल पुल आवश्यक भएकोमा जोड दिएका थिए । करिब ५ लाखको पैदल पुलको निर्माण भएको छ भने उक्त पुल निर्माणमा मन्त्री बरालले आफ्नो निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत गत बर्ष दुई लाख रुपैया विनियोजन गर्नु भएको थियो । उक्त पुल निर्माणमा अध्यक्ष त्रिपाठी सहितका दाताहरुले समेत सहयोग गर्नु भएको हो भने उक्त पुल निर्माण भए पनि हाल करिब ७० हजार ऋण भएको समितिले जनाएको छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!