पोखरा २० मौजामा बृहत निशुल्क स्वास्थ्य शिविर हुँदै

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर २० मौजा स्वास्थ्यचौकीमा बृहत् निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर २० र विपन्न समुदाय र जैविक विवधता सहयोथी संस्था (नेलम्बो) नेपाल पोखरा ४ गैर्हापाटनको संयुक्त आयोजनामा आगामि मंसिरको २४ र २५ गते बृहत निशुल्क स्वास्थ्य शिविर, औषधी वितरण तथा सचेतनामुलक कार्यक्रमको आयोजना गर्न लागिएको पोखरा २० का वडा अध्यक्ष सिम बहादुर गुरुङले जानकारि दिनु भयो ।
साविकको भलाम र मौजा गाविसमा रहेका विपन्न परिवारलाई लक्षित गरि उक्त शिविरको आयोजना गरिएको भएतापनि शिविरमा मौजा संग जोडिएको मादि गाउपालिकाका गाउहरु र पोखरा महानगर पालिका वडा नम्बर १३ र १६ का जनताले समेत सेवा लिन पाउने अध्यक्ष गुरुङले वताउनुभयो ।
उक्त शिविरमा स्वास्थ्य परीक्षण, सामान्य चेकजांच, प्रसुति रोगको परीक्षण र उपचार, हाडजोर्नी तथा छालाको उपचार, नाक, कान, घाँटी, दन्त परिक्षण, युरोलोजी तथा जनरल सर्जरी , सामान्य ल्याव परिक्षण (पिसाव आर ई) (रगत सुगर) भिडियो एक्सरे, इसिजि तथा निशुल्क औषधि वितरण साथै दीर्घ रोगको पहिचानका साथै अडियोको माध्यामबाट स्वास्थ्य सम्वन्धी सचेतनामुलक सामाग्रीहरु प्रसारण गरिने आयोजकले जनाएको छ ।
उक्त शिविरमा वडा नम्वर २० मा रहेको ५ सय जनालाई उपचार संगै औषधी वितरण गर्ने लक्ष्य रहेको नेलम्वो नेपाल पोखराका अध्यक्ष एकदेव देवकोटाले जानकारि दिए । उक्त शिविरमा शल्यक्रिया गर्नुपर्ने विरामिलाई समेत पोखरा लगेर समेत उपचार गरिने नेलम्बोले जनाएको छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!