कांग्रेस महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सभापति पदमा रघुनाथ पौडेलको उम्मेदवारी

पोखरा । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको सभापतिमा रघुनाथ पौडेलले उम्मेदवारी दिने घोषणा पोखरामा पत्रकार सम्मेलन मार्फत गर्नुभएको छ ।
नेपाली कांग्रेस तनहुँको जिल्ला सभापति पदमा १५ वर्षसम्म सफलता पुर्वक जिम्मेवारी सम्हालेको बताउदै पौडेलले पत्रकार सम्मेलनमा सङ्गठनलाई थप मजबुद बनाउनका लागि उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो । गण्डकी प्रदेशका सबै जिल्लाका भूगोलसँग आँफू परिचित रहेको बताउदैं २०४६ साल, २०६२÷६३ सालको लोकतान्त्रिक जनआन्दोलनमा अन्य दल समेतलाई समेट्दै आन्दोलनको नेतृत्व गर्नुका साथै २०५९ देखि २०६७ सम्म सर्वदलीय संयन्त्रको नेतृत्व गरेको जानकारी दिनुभयो ।
पौडेलले प्रदेश सभापतिमा निर्वाचित भएपश्चात आंफुले गर्ने कार्यहरुको लिष्ट सहित प्रतिबद्धता पत्र पनि पेश गर्नु भएको छ । उहाँको प्रतिबद्धता पत्रमा महाधिवेशनबाट गठन हुने समितिलाई विधानसम्मत रुपमा परिचालन गर्ने, तदर्थवादमा चलेको पार्टी सङ्गठनलाई विधानसम्मत ढङ्गले चलाउने, पार्टीको विविध विभागको यथाशिघ्र गठन गर्ने उल्लेख गर्नुभएको छ ।

त्यस्तै भातृ सङ्गठनका पदाधिकारी एवं कार्यकर्तालाई पार्टीको इतिहास, नीति तथा सिद्धान्त र पार्टी सरकारमा हुँदा सम्पन्न गरेको कार्यको प्रचारप्रसार गर्न सक्ने बनाउने उहाँको भनाइ छ । आफ्ना कार्यकर्तालाई विपक्षी दलका कार्यकर्तासँग सैद्धान्तिक बहस गर्नसक्ने बनाउने, आफ्नो पार्टी सरकारमा हुँदा गरिएका राम्रा कामको तथ्याङ्क तयार पारी सार्वजनिक गर्ने र विपक्षी दलका नेता तथा कार्यकर्ताले गरेका हावादारी गफ र भष्ट्राचारलाई भण्डाफोर गर्ने समेत पौडेलले बताउनुभयो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!