कास्की काँग्रेस सभापतिमा किशोरदत्त बराल विजयी

पोखरा । नेपाली काँग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल विजयी हुनुभएको छ ।
दोश्रो चरणको मतदानबाट प्रत्यासी सुदीप मोहन भट्टराईलाई ८० मतले पराजित गर्दै बराल सभापति पदमा विजयी हुनुभएको हो ।
निर्वाचित भएपछि बरालले गुटको पछि नलागी कांग्रेस निर्माणमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यस अघि शुक्रबार सम्पन्न मतदानमा सभापति पदका पाँच प्रतिष्पर्धी मध्ये कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढ़ी मत प्राप्त नगरेपछि सबै भन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार बीच शनिबार पुनः प्रतिस्पर्धा भएको हो ।
मतदानमा कूल १९ सय २६ मत खसेकोमा बरालले ९९५ मत प्राप्त गर्नुभयो । त्यस्तै प्रत्यासी भट्टराईलाई ९१५ मत प्राप्त भयो ।
पहिलो चरणमा सभापति पदमा प्रतिस्पर्धा गर्नुभएका आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतम बाहिरिनु भएको थियो । उहाँहरु तीनै जनाले दोश्रो चरणमा उम्मेदवार भट्टराईलाई सघाउन विज्ञप्ति जारी गर्दै मत दिन आग्रह समेत गरेका थिए ।
पहिलो चरणमा सभापतिमा किशोरदत्त बरालले ६४४ , सुदीपमोहन भट्टराईले ४६९, आईबहादुर गुरुङले ४६२, पोषनाथ शर्माले ३३५ र गिरीराज गौतमले ६३ मत प्राप्त गर्नुभएको थियो ।
पदाधिकारी र सदस्यहरुको मतगणना भने जारी छ । मध्यान्नसम्म सबै मतपरिणाम आईसक्ने कांग्रेस कास्कीले जनाएको छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!