गीता शान्तिमार्ग महिला समूहको अधिवेशन सम्पन्न, अध्यक्षमा शान्ती सुवेदी

पोखरा । पोखरा १० रामघाट स्थित गिताशान्ति मार्ग महिला समूहको दशौ साधारण सभा तथा पाचौ अधिवेसन सम्पन्न भयो ।
यस अधिवेसनबाट २ बर्षे कार्यकालका लागि अध्यक्षमा शान्ति सुवेदी सर्वसम्मत चयन हुनुभयो ।
यसैगरी उपाध्यक्षमा मन्जु भण्डारी, सचिवमा सबिता गिरी , सहसचिवबमा मन्धरा गौतम कोषाध्यक्षमा शान्ता आचार्य गौतम, सहकोषाध्यक्षमा बिन्दा के.सी सर्वसम्मत चयन भए । त्यसैगरि सदस्यहरुमा तीला सुवेदी, दुर्गा देवी गौतम, सुभद्रा भुजेल ,देवी गिरी , ईन्दु गौतम सीता पौडेल पाण्डे, गीता पौडेल , सुजता गौतम र बिजया गुरुड. चयन भएका छन ।
निर्वाचन समितिको संयोजकमा निर्मला कार्की भण्डारी, सदस्यहरु नानीमाया गौतम, पुन्यवती पौडेल र म माया दुवाडी रहेका थिए ।
साथै संस्थाका २०७६—०७८ कार्यकालमा बिभिन्न उपसमितिमा रहेर संस्थालाई योगदान दिने कार्यक्रम संयोजकहरुलाई समेत सम्मान गरिएको थियो र नया सदस्यहरुलाई स्वागत गरिएको थियो ।
संस्थाकी संस्थापक अध्यक्ष निर्मला कार्की भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उद्धघाटन पछि बोल्दै प्रमुख अतिथि कार्कीले यस संस्था रामघाट क्षेत्रको उत्कृष्ठ सामाजिक संस्था रहेको र यस संस्थाले समाज रुपान्तरणका लागि उल्लेख्य योगदान पुर्याएकोमा आफुलाईखुशी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष शान्ति सुवेदीले राख्नुभएको थियो । संस्थाको आर्थिक हिसाब किताव संस्थाकी कोषाध्यक्ष मन्धरा गौतमले प्रस्तुत गर्नुभएको थियो भने संस्थाका बार्षिक गतिबिधि सहित प्रगती प्रतिवेदन सचिव मन्जु भण्डारीले प्रस्तुत गर्नुभएको थियो ।
पोखरा १३ कसेरीमा पारिवारीक बनभोज सहित आयोजना गरिएको साधारण सभा तथा अधिवेशनको अध्यक्षता संस्थाकी अध्यक्ष ईशु गौतमको अध्यक्षतामा संम्पन्न भएको थियो भने कार्यक्रम सस्थाकी सचिव मन्जु भण्डारीले संचालन गर्नुभएको थियो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!