अल्पविरामको लघुकथा सङ्ग्रह अनुभूतिका रङ्गहरू सार्वजनिक

पोखरा । साहित्यकार अल्पविराम पोखरेलीको पाँचौँ कृति ‘अनुभूतिका रङ्गहरू’ लघुकथा सङ्ग्रह शनिबार पोखरामा लोकार्पण गरिएको छ ।
कृतिको लोकार्पण नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गर्नुभएको हो । आख्यानको एक चाटिलो विधाका रूपमा लघुकथा स्थापित भएको भन्दै सरुभक्तले मुक्तक र कवितामार्फत् विशिष्ट परिचय बनाइसकेका अल्पविरामको लघुकथाप्रतिको लगाव प्रशंसनीय रहेका बताउनुभयो । उमेरको परिपक्वता बढ्दै जाँदा पनि लेखाइमा थप जाँगरका साथ व्रिmयाशील भएर अल्पविरामले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको उहाँको भनाइ थियो ।
साहित्यकार तीर्थ श्रेष्ठले अल्पविरामको निरन्तर साधनाले नेपाली साहित्यमा निकै महत्व राख्ने बताउदैं लघुकथाले दिने झट्कापूर्ण प्रस्तुतिले यसको लोकप्रियता बढ्दै गएको विचार सुनाउनुभयो ।
कथाकार अल्पविरामले आफूले विभिन्न लघुकथाकारहरूको लघुकथा पढ्दा पढ्दै लघुकथा लेख्न थालेको अनुभव सुनाउनुभयो । उहाँले आफूले समाजमा देखेका र भोगेका विषयलाई लघुकथाका रूपमा प्रस्तुत गरेका भनाइ राख्नुभयो । उहाँको यसअघि क्रान्तिकारी हिउँका फूलहरू र ईश्वर छन्÷ईश्वर छैनन् गरी २ कविता सङ्ग्रह तथा टुकीको उज्यालो र मुक्तक शिविर गरी २ मुक्तक सङ्ग्रह प्रकाशित छन् ।
कृतिको समीक्षा गर्दै साहित्यकार नारायण मरासिनीले अल्पविरामले समाजका विविध विषयलाई समेटेर लेखेका लघुकथा अधिकांश पठनीय रहेको बताउनुभयो । कार्यव्रmममा लघुकथा समाज, प्रदेश नं. १ की अध्यक्ष ममता मृदुलले शुभकामना दिनुभएको थियो ।
लघुकथा प्रतिष्ठान पोखराको पहिलो प्रकाशनका रूपमा प्रकाशित कृति लोकार्पण कार्यव्रmम संस्थाका सचिव कल्याण पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो । सदस्य रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा सदस्य विष्णु बाँस्तोलाले स्वागत गर्नुभएको थियो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!