एभरेस्ट एफएमको प्रथम वार्षिकोत्सवका अवसरमा बाल बालिकालाई न्यानो कपडा वितरण

पोखरा । एभरेस्ट मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित एभरेस्ट एफ एम ९३ मेगाहर्जले प्रथम बार्षिकोत्सबको अवसरमा बाराही आधारभुत विद्यालय खांदरजुङमा न्यानो कपडा वितरण गरेको छ ।
एफएमले शुक्रबार एक कार्यक्रमका विच माछापुच्छ्रे गाउँपालिका–२ खाँदरजुङमा अवस्थित विद्यालयका ४३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । एफएमले प्रत्येक विद्यार्थीलाई एक–एक थान ट्र्याक सुट वितरण गरेको रेडियोका निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
यस अघि रेडियोले रेडियो शुभारम्भको अवसरमा गतवर्ष सामाजिक उत्तरदायित्व वहन अन्र्तगत मानवसेवा आश्रम पोखरालाई एक लाख ५० हजार सहयोग हस्तान्तरण गरेको थियो ।
सो कार्यक्रममा बोल्दै एफएमका अध्यक्ष कर्मकुमारी गुरुङले एफएमले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले असाहाय, गरिब, दलित तथा सिमान्तकृत समुदायका बालबालिकाहरुको सहयोगका लागि सधै साथमा रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले एभरेस्ट एफ एम ९३ मेगाहर्ज सुनेर आवश्यक सुझाव दिनपनि आग्रह गर्नुभयो ।
बि.सं. २०२१ सालमा स्थापना भएको विद्यालयमा कक्षा ५ सम्म अध्यापन हुँदै आएको छ । विद्यालयमा चेपाङ तथा दलित समुदायका ४३ विद्यार्थीहरु अध्ययनरत छन् ।
कार्यक्रममा एफएमका प्रवन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, मार्केटिङ निर्देशक भोलाकुमार श्रेष्ठ र प्राविधिक निर्देशक रविभूषण पराजुलीको उपस्थिती थियो ।
शिक्षक अभिभावक संघका अध्यक्ष ओमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्र.अ.राम आचार्यले गरेका थिए ।

रक्तदान कार्यक्रमको तयारी पूरा
यसैविच बार्षिकोत्सबको अवसरमा आयोजना गर्न लागिएको रक्तदान कार्यक्रमको तयारी पूरा भएको छ । शनिबार हुने गते रक्तदान कार्यक्रमको आवश्यक तयारी पुरा भएको रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले जानकारी गर्नुभयो ।
मंसिर महिनामा रक्तदानका कार्यक्रमहरु कम हुने हुँदा रगतको अभाव हुने र आफूहरुको वार्षिकोत्सव पनि पर्ने भएकाले संस्थैगत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत गर्न लागिएको रक्तदान कार्यक्रममा सहभागिताका लागि उहाँले सम्पूर्णमा अनुरोध गर्नुभयो ।
कार्यक्रम एभरेस्ट एफएमको कार्यालय पोखरा–५ पस्र्याङमा शनिबार बिहान ७ बजेबाट शुरु हुने रेडियोले जनाएको छ ।
रक्तदान कार्यक्रममा १७ देखी ६० वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका कुनै पनि दिर्घरोगको औषधी सेवन नगरेका संक्रामक रोग नलागेका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने छन् ।
रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वास्थ्य प्राप्ति हुने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरि कम भई शरिरको तौल घटाउन सघाउने लगायतमा फाइदा हुने विज्ञहरुको भनाई छ ।
यसका साथै रगतको विकल्प रगत मात्र भएकाले संकटमा परेकाहरुको जीवन बचाई खुशी दिलाउने र सामाजिक दायित्व निर्वाह गराई आत्म सन्तुष्टि प्रदान गर्नपनि रक्तदानको महत्व रहेको बताइन्छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!