पोखरा महानगरपालिका काँग्रेस सचेतक लामिछानेद्वारा राजिनामा

पोखरा । पोखरा महानगरपालिका नेपाली काँग्रेस दलका नेता तथा सचेतक रामराज लामिछानेले सोमबार आफ्नो पदबाट राजिनामा दिनुभएको छ ।

सचेतकको रुपमा भूमिका निर्वाह गर्दादेखि आजसम्म सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, संघसंस्थालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

आफूलाई सो भूमिका निर्वाह गर्न अवसर प्रदान गर्न सहयोग गर्ने नेपाली काँग्रेस कास्की, नेपाली काँग्रेस पोखरा महानगर समिति, पोखरा महानगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष,वडा सदस्य लगायत महानगरवासीप्रति आभार व्यक्त गर्नुभएको छ ।

उहाँले आजको दिनसम्म दलको नेता तथा सचेतकको हैसियतबाट गरिएको काम कारवाही पार्टीको निती निर्देशन अनुरुप भएको स्पष्ट पार्नुभएको छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!