गण्डकीको प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवतप्रकाश

पोखरा । गण्डकी प्रदेशसभामा सत्तारुढ दल नेपाली काङ्ग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन हुनुभएको छ ।

संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गर्नुभएको हो । यस अघिका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा गौतम नियुक्त हुनुभएको हो । यस अघि गौतम सचेतक रहनुभएको थियो ।

यसैगरी सचेतक पदमा स्याङ्जाका भवगतप्रकाश मल्ल नियुक्त हुनुभएको छ । सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त बन्नुभएको हो । काङ्ग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर गरिएको हो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!