दक्षिण भारतीय स्टार अल्लु र रश्मिकाको चलचित्र ‘पुष्पा’को प्रदर्शन मिति तय

दक्षिण भारतीय चलचित्र ‘पुष्पा’को पोस्टर सार्वजनिकसँगै प्रदर्शन मिति तय भएको छ । दक्षिण भारतीय चलचित्रका सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको मैथरी मुभि मेकर र मुत्तमसेट्टी मिडियाको ब्यानरमा निर्माण भएको चलचित्र अगस्ट १३ लाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रिलिज हुने चलचित्रलाई सुकुमारले निर्देशन गरेका हुन् । अल्लुको यो चलचित्र एकै साथ पाँच भाषामा प्रदर्शन हुन लागेको हो । चलचित्र तेलुगु, तमिल, हिन्दी, कन्नड र मल्यालम गरी पाँच भाषामा रिलिज हुनेछ । चलचित्रमा अल्लु अर्जुन र निर्देशक सुकुमारले तेस्रो पटक सहकार्य गरेका छन् ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!