पोखरा महानगरका सबै सेवा आजेदेखि सुचारु

पोखरा । पोखरा महानगरपालिकाले आजदेखि सबै सेवा सुचारु गर्ने भएको छ ।
कोरोना भाइरस सङ्क्रमणको दोश्रो लहर तिव्र रुपमा फैलिएपछि सम्भावित जोखिम रोकथामका र नियन्त्रणका लागि गत वैशाख दोस्रो सातादेखि बन्द पोखरा महानगर सबै सेवा आजदेखि सञ्चालनमा आउने भएका छन् ।
कोरोेना संक्रमण रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञासंगै महानगरले आत्यावश्क बाहेका सेवा बन्द गरेको थियो । झण्डै दुई महिनापछि पोखरा महानगरले सबै सेवा सुचारु गर्न मातहतका कार्यालयहरुलाई निर्देशन दिएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले शुक्रबार सुचना जारी गदै महानगरपालिका, महाशाखा, शाखा, वडा कार्यालयहरुलाई सुरक्षाका मापदण्डहरुको पूणर् पालना गराउदै सेवा सुचारु गर्न अनुरोध गर्नुभएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा केही खुकुलो गरिएकाले आइतबारबाट सबै सेवा सुचारु गर्ने निणर्य भएको महानगरले जनाएको छ ।
कोरोना संक्रमण र मृत्यु दरमा कमी आएको जनाउदै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा खुकुलो बनाएको छ ।असार आठ गतेदेखि बजार आशिंक रुपमा खुलेको छ भने नीति सवारी जोरविजोर सञ्चालन गरिएको छ ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!