कोरोनाबारे विवेकशील साझाले सुरु गर्‍यो दुईवटा हटलाईन

कोरोना महामारीले मुलुक त्रस्त भएका बेला विवकेशील साझा पार्टीले आपतमा परेका नागरिकलाई सहयोग गर्न दुईवटा हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।


पार्टीले कोभिड १९ हेल्पलाईन नम्बर र कालोबजारी हटलाइन नम्बर गरि दुईवटा नम्बर तोकेको हो । मोबाइल नम्बर ९८१३५७७२०७ को कोभिड हेल्पलाइनमा सम्पर्क गरेर आपतमा परेका कोभिड संक्रमित र परिवारका अन्य सदस्यले नजिकको अस्पताल, एम्बुलेन्स, अक्सिजन लगायतका बारेमा जानकारी लिन सक्नेछन् । हटलाईनमा उपलब्ध स्वयंसेवकहरुले विभिन्न निकाय र संयन्त्रसँग समन्वय गरि समस्या समाधान गर्न प्रयत्न गर्नेछन् । 

कोरोनाले मुलुक आक्रान्त भएका बेलामा सबै मिलेर सुशासन कायम राख्नुपर्ने अवस्थामा निषेधाज्ञासँगै कालोबजारी पनि मौलाएको समाचार आइरहेका बेला विवेकशील साझाले कालोबजारी विरुद्धपनि हटलाइन सञ्चालनमा ल्याएको हो । कालोबजारीमा परेमा वा देखेमा मोबाइल नम्बर ९८६१३३४०५१ मा सम्पर्क गर्न सकिने भएको छ । नागरिकहरुका हरेक दुःखमा जोडिन पार्टीले हटलाईन सुरु गरेको हो । नागरिकका हरेक दुःखमा जोडिन पार्टीले हटलाईन सुरु गरेको हो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!