मुकुन्द शरण वाङमय परिषद नेपालको अध्यक्षमा पौडेल

पोखरा । मुकुन्द शरण वाङमय परिषद नेपाल पोखरा २५ कास्कीको तेस्रो अधिबेशन आइतबार हेमजामा सम्पन्न भएको छ । अधिबेशनले कृष्णप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
परिषद नेपालको उपाध्यक्षमा लोकमणी पौडेल, महासचिबमा बलराम पौडेल, सचिब देबु गौतम, कोषाध्यक्षमा भुवनेश्वर शर्मा र सहसचिबमा कालिचरण पराजुली चयन भएका छन । त्यस्तै अन्य सदस्यमा कृष्णशरण उपाध्याय, गायत्री घिमिरे, पुष्पा के.सी, प्रेमराज पाहारी र मोहनराज पौडेल रहेका छन ।
महाकाब्यकार जनारदन त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेमजा सहित्य प्रतिष्ठानका अध्यक्ष छन्दमणी त्रिपाठीले आफनो भनाइ राख्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष सिब त्रिपाठीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
परिषद नेपालका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देबुकृष्ण काफलेले स्वगत र सञ्चालन महासचिब डा बलराम अधिकारीले गर्नुभएको थियो ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!