वेगनासताल बृहत् सफाईको ९७ औं श्रृंखला सम्पन्न

पोखरा । बेगनास युवा क्लवको बृहत बेगनासताल सरसफाई अभियान अन्तर्गत शनिवार ९७ औं श्रृंखला सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष रामवहादुर रानाभाटको नेतृत्वमा निरन्तर चलिरहेको अभियानले सफलता पुर्वक शनिबार ९७ औं हप्ता पुरा गरेको हो ।
सहभागीहरुले शनिबार बेगनासताल किनार, ड्यामसाईड, बेगनासताल प्रवेशद्धार, मन्दरेपार्क लगायतका क्षेत्रमा सफाई गरेका हुन् ।
क्लवले निरन्तर जारी राखेको बेगनासताल सरसफाई अभियान ९७ औं श्रृंखलासम्म आइपुग्दा विस्तारै जनचेतना अभिबृद्धि हुँदै गएको र आगामी दिनमा स्थानीय तहले उल्लेखनीय भुमिका खेल्नुपर्ने सदस्य एवंम् अभियन्ता सुरेन्द्र पुनले बताउनु भयो ।


अभियन्ता तथा क्लवका अध्यक्ष रामवहादुर रानाभाटले बेगनासताल क्षेत्र घुम्न आउनेहरुले डष्टविनमा फोहोर व्यवस्थापन नगरिदिदा थोरै समस्या भएको उल्लेख गर्दै, जनचेतनाका थप अभियानहरु गर्दै लगिने समेत जनाउँदै वढी मात्रामा वजार क्षेत्र फोहोर हुने हुनाले महानगर र वडाले अनुगमन गर्नु पर्ने बताउनु भयो ।
केही स्थानीयले वजार क्षेत्र सफाई गर्न खासै चासो नदिएको वताउदैं वेगनास सानो ठाउँ हो तर सबै जनाले सफा बनाउनु पर्छ भन्ने सोच्ने र गर्ने हो भने सकिन्छ तर यो सोचनिय विषय बनेको बताएका छन् ।

Facebook Comments Box

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ । नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ ।  फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!