१० दिन देखि बैतडी,खोचलेक प्रहरी चौकीमा डिआईजी उत्तम सुबेदी उपलब्धि शून्य

बैतडी, १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन बिते पनि अपराधी भने पत्ता लाग्ननसके पनि सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी उत्तम सुवेदी १० दिनदेखि बैतडीको सामान्य प्रहरी चोकीमा बसेेर अनुसन्धानमा खटिएर रहेका छन्। यो घटनालाई निर्मला पन्त प्रकरण बन्न नदिने अठोट गरेका डिआईजी सुवेदी प्राविधिक विश्लेषण र फरेन्सिक रिपोर्टपछि अपराधी पक्राउ पर्ने विश्वासमा छन् । तर मोबाइल, सामाजिक सञ्जाल आदिसँग सम्बन्धित प्राविधिक विश्लेषण र प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट आउनुु पर्ने भेजाइनल स्वाब लगायतका प्रमाणहरुको रिपोर्ट नआउञ्जेल सम्म तत्काल थप केही गर्न नसक्ने भएपनि प्रहरी चुपचाप बसेको भने छैन । कुनै समय एकजना प्रहरी सहायक निरीक्षक सई को नेतृत्वमा केही सङ्ख्याका प्रहरी रहने अहिले दैनिक ६० भन्दा बढी प्रहरी अधिकृतहरुको केन्द्र बनेको छ ।

अहिले दोगडाकेदार गाउँपालिका ७ मा रहेको प्रहरी चौकीमा रहेको थोत्रो भवनमा डिआईजीसहितका प्रहरी टोली बसिरहेका छन्, कारण भागरथीको बलात्कारपछि हत्यामा संलग्न अपराधी कुनै पनि हालतमा उम्कन नपायोस् । यतिबेला खोचलेकमा ६० जनाभन्दा बढी सादा पोसाकका प्रहरी अनुसन्धानका लागि खटिएका छन् । ती मध्ये अधिकांश अधिकृतस्तरका प्रहरी छन् र दिनरात नभनी काम गरिरहेका छन् ।

केही दिन अगाडिमात्रै प्रहरीले लवलेक जङ्गल भरी आफ्नो सर्च अपरेशन चलायो । उक्त स्थानमा पुुग्न सकिने सबै सहायक बाटो तथा जङ्गलका प्रत्येक क्षेत्रमा सर्च गर्यो । त्यही क्रममा प्रहरी टोलीले भागरथीको मोबाइलको ब्याट्री र चाउचाउको खोल बरामद गरेको छ । यी दुई प्रमाण पनि अनुसन्धानका लागि प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सहितको टोलीले केही दिनअघि फेरि पूरै जङ्गलमा सर्च अपरेशन चलाएको थियो । कुनै नयाँ प्रमाण पाइन्छ कि भनेर सिआईबी टोलीले जङ्गलको चक्कर काटेको थियो । भागरथी आफ्नो विद्यालयबाट निस्केको समय अर्थात् पौने २ बजेपछिको प्रत्येक समयको प्रहरीले सुक्ष्म विश्लेषण गरिरहेको छ । विद्यालयबाट निस्केर खोचलेक बजारमा चाउचाउ किनेकी भागरथीको त्यसपछिको प्रत्येक पलपलको सुक्ष्म विश्लेषणमा प्रहरी जुटेको छ । उक्त दिन बजारमा रहेका प्रत्येक व्यक्तिको विवरण संकलन, क्लोज रिङ, मोबाइलको लोकेशन आदि विषयमा प्रहरी विश्लेषण गरिरहेको छ ।

बैतडीमा खटिएका एक अनुसन्धान अधिकृतका अनुसार अहिले प्रहरीले ४ जनाको क्लोज रिङ तयार पारेको छ । अपराधी ती ४ जनामध्ये एकजना हुनुपर्ने निष्कर्षमा प्रहरी पुुगेको छ । किनभने ती ४ शंकितहरु सबैको कनेक्सन खोचलेक बजारसँग जोडिएको छ ।

उक्त दिन उनीहरु मध्ये केही खोचलेक बजारमा देखिएका थिए, केहीले मदिरासमेत सेवन गरेका थिए र एक जनाको बिगत पनि त्यति राम्रो देखिएन थिएन । र, अनुसन्धानको क्रममा ती ४ जनामध्ये २ जनाको प्राविधिक विश्लेषण गर्दा उनीहरु अपराधमा संलग्न भएको हुनसक्ने धेरै तथ्य र प्रमाणहरु पाइसकिएको प्रहरीले जनाएको छ ।

Facebook Comments