स्याङ्जा फेदिखोलाको गलेम भिरमा हाइकिङ

पोखरा । “स्वास्थ र पर्यटनको लागि हाइकिङ“ भन्ने मुल नारा साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाइकिङको १९ औं शृङ्खला शनिबार सम्पन्न भयो ।
हाइकर्स क्लब नेपालको आयोजनामा स्याङ्जा फेदिखोला गाउँपालिका ४ आरुखर्क बजार देखि गलेम भिर हुँदै गलेम सम्म हाइकिङ सम्पन्न गरेको हो।
फेदिखोला गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष माधब सुबेदीले आरुखर्कमा रहेको शाह बंसीय दरबारको भग्नाबसेसलाई संरक्षण गरिएको, वडा भएका पर्यटकीय स्थानहरुको पहिचान गरिएको, सर्केटारी आरुखर्क हुँदै पंचासे जाने बाटो पिच गर्ने काम भइरहेको बताउनु भयो ।
बिगत दुई बर्षदेखि गण्डकी प्रदेशका नयाँ नयाँ गन्तव्य हरुमा हाइकिङ संचालन गर्दै आएकोमा कोभिड महामारीले केहि समय हाइकिङ रोकिएको र अहिले अवस्था सामान्य भएको र प्रायः क्लबका सदस्यहरुले खोप लगाई सकेकोले सेनिटाइजर र माक्सको प्रयोग गरी १९ औं शृङ्खला गरिएको क्लबकी सदस्य टीका आचार्यले बताउनु भयो ।


फेदिखोला १ सर्केटारी हुदै गलेम पञ्चासे  सडकखण्डको भिरखण्ड २ किलोमीटर ६ सय मिटर लामो रहेको र सोही स्थानमा निर्माणाधीन पार्क तथा पिकनिक स्पटको बारेमा स्थानीय युवा पर्यटन ब्यबसायी अशोक लामिछानेले बताउनु भयो ।
क्लबका उपाध्यक्ष तथा संयोजक कृष्ण रानाभाटको नेतृत्वमा आरुखर्क पुगेको हाइकिङको समुहलाई फेदिखोला पोखरा सम्पर्क समाजका अध्यक्ष अबिलास गुरुङले स्वागत गर्नु भएको थियो ।
उक्त समुहले शाह वंशीय आरुखर्क राजाको दरबार भएको स्थान, शिवालय मन्दिर, आरुखर्क बजार, ढुंगे देउराली चौतारी, गलेमको भिर, भिरमा निर्माणाधीन पार्क, गलेम गाउको अबलोकन भ्रमण गरेको थियो ।

Facebook Comments Box