स्मार्टफोनलाई राती सुन्नेबेला चार्जमै छोडिदिनु ठिक हो त ?

पोखरा, स्मार्टफोनलाई रातभर चार्जमा लगाएर छोड्नुहुन्छ ? के ब्याट्री खराब वा ब्याट्रीको आयू त छोटिँदैन ? स्मार्टफोनको ब्याट्रीलाई सकेसम्म धेरै लामो समयसम्म टिकाउ हुने गरी प्रयोगमा ल्याउन सम्भव छ ? यस विषयमा यस्तै कयौँ जिज्ञासा र भ्रमहरू विद्यमान छन् ।
उसो भए वास्तविकता के हो त ? आज हामी त्यस विषयमा चर्चा गर्ने छौँ । स्मार्टफोनहरूमा लिथियम-आयन ब्याट्री प्रयोग गरिएको हुन्छ ।
तपाईं हामीमध्ये कतिपयले स्मार्टफोनलाई राती सुन्नेबेला चार्जमै छोडिदिन्छौँ । यसरी रातभर फोन चार्जमै छोड्नु बिल्कुल गलत तरिका भने होइन । किनभने तपाईंको फोन शतप्रतिशत चार्ज हुने वितिक्कै स्वतः चार्जिङ बन्द हुन्छ ।
स्मार्टफोनमा कतिखेर फुल चार्ज हुन्छ र आइरहेको करेन्टलाई रोक्ने भनेर थाहा पाउने प्रविधि राखिएको हुन्छ । त्यसैले ब्याट्री ओभर चार्ज हुने सम्भावना नै रहँदैन । ब्याट्रीको चार्ज सकिँदै गएपछि तल्लो सीमामा पुग्ने वितिक्कै स्वतः मोबाइल बन्द हुने भएकाले ओभर डिस्चार्ज समेत हुँदैन ।
यद्यपि रातभर चार्जमा राख्दा फुल चार्ज हुने वितिक्कै चार्जिङ बन्द हुने भएतापनि लगत्तै डिस्चार्ज सुरु हुन्छ । मोबाइल फोन निर्माता कम्पनीहरूले सेट गरेको थ्रेसहोल्डका आधारमा पुनः चार्ज हुन थाल्छ ।
यदि रातभर मोबाइल चार्जमा छाड्दै हुनुहुन्छ भने चार्जमा राख्नुअघि स्वीच अफ गर्नुहोस् ता कि ब्याट्रीमा अनावश्यक भार नपरोस् ।
तर मोबाइल रातभर चार्जमा राख्दा ओभर फुल भएर पड्किन्छ अथवा ब्याट्री बिग्रिन्छ भन्ने सोचाइ छ भने त्यो एउटा मित्थ्या नै हो । हिजोआजका फोनमा प्रयोग हुने ब्याट्री भनेको लिथियम आयम ब्याट्रीका कारणमात्रै होइन, यसमा प्रयोग हुने प्रोसेसर पनि पहिलेको तुलनामा धेरै नै पावरफुल भएका छन् ।
मोबाइलमा प्रयोग हुने आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिले एक पटक मोबाइल चार्ज फुल भएसँगै आफै चार्जलाई डिस्कनेक्ट गर्छ । यसको अर्थ रातभर मोबाइल चार्जमा राख्दा कुनै असर भने पर्दैन ।
तर, यो भन्दैमा आफू सुत्ने सिरानीसँग मोबाइल चार्जमा राख्नु त्यति उपयुक्त हुँदैन किनभने यदि मोबाइलमै कुनै समस्या आएर सर्टसर्किट हुन सक्छ । त्यसैले यस्ता विषयलाई भने ध्यानमा राख्नु उपयुक्त हुन्छ ।
अर्कोतिर ब्याट्री लामो समयसम्म टिकाउने उपाय चैं जानिराखेको राम्रो हुन्छ । स्मार्टफोनको ब्याट्रीलाई मजबुत र टिकाउ राख्ने सबैभन्दा उपयुक्त उपाय भनेकै २० प्रतिशत ब्याट्री बाँकी छँदा मात्रै चार्जमा जोड्ने गर्नुहो्स् र ८० प्रतिशत पुग्ने बितिक्कै चार्जरबाट छुटाउनुहोस् ।
छिनछिनमा चार्जमा जोड्ने र छुटाउने गर्दा ब्याट्रीको आयूमा नकारात्मक असर पर्न सक्छ । अनि अर्को महत्वपुणर् विषय चार्जमा छँदा फोन प्रयोग गर्नु गलत तरिका हो, किनकि त्यसले फोनको तापक्रम बढाउन सक्छ । यदि फोनको ब्याट्री तातो भइरहेको अवस्थामा निरन्तर चार्ज गर्दै फोन चलाउने गर्नुहुन्छ भने त्यो हानिकारक हुन सक्छ ।
ब्याट्री ओभर हिट भयो भने जे पनि हुन सक्छ । अर्कोतिर लगातार उच्च तापक्रममा चलाउनले ब्याट्री पनि सुख्खा हुन्छ, जसले गर्दा तपाईंको मोबाइलको ब्याट्रीको लाइफ घट्नेछ ।

Facebook Comments Box