सेनाले फेसबुकलगायतका सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध

एजेन्सी । म्यानमारमा पाँच करोड ३० लाख जनसंख्यामध्ये झण्डै आधा जनता फेसबुकमा सक्रिय रहेको बेला शासन सत्ता आफ्नो हातमा लिएको म्यानमार सेनाले फेसबुकलगायतका सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाएको छ । फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत अशान्ति फैलाइएको भन्दै सेनाले देशमा स्थायित्व कायम राख्न प्रतिबन्ध लगाएको जनाएको छ ।
यसै साता सोमवार म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीलगायत शीर्ष नेताहरूलाई नजरबन्द गरी ‘कू’ गरेको थियो । ‘कू’सँगै त्यहाँ इन्टरनेट सेवा, बैंकिङ तथा टेलिफोन सेवा आंशिक बन्द भएको थियो । त्यसयता सैनिक ‘कू’को विरोधमा सामाजिक सञ्जालमार्फत सेनाको कदमको विरोध भइरहेको थियो ।


सेनाले म्यानमारमा एक वर्षसम्म सैनिक शासन लागू हुने घोषणा गरेको छ । त्यसपछि निर्वाचित सरकारलाई शासन हस्तान्तरण गर्ने सेनाको भनाइ छ ।

Facebook Comments Box