सुनौलो बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा । पोखरा ६ बैदाम मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै सहकारी बिभागका रजिष्टार झलकराम अधिकारीले पर्यटकीय नगरी लेकसाईडस्थित यस सहकारीले उत्पादनमा जोड दिदैँ सुनौलो कोशेली घर सञ्चालन जस्ता कार्यको लक्ष्य राखेको भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
सहकारीलाई संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन कायम गरी सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सहकारीको नियमन महत्वपुर्ण भएको बताउँदै उहाँले कोपोमिस सफ्टवएरमा संस्थाको सम्पूर्ण बिवरण अध्यावधिक गरी सहकारी बिभागसँग सहकार्य गर्नको लागी सुझाव दिनुभयो । संस्थाले वित्तीय सन्तुलन कायम गर्दै थप रोजगारी सिर्जना र उत्पादन बृद्धि हुने क्षेत्रमा लगानी गर्न उहाँले सुझाव दिनुभयो ।
संस्थाका अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सोमबहादुर थापाले गर्नु भयो भने स्वागत भोजकुमार श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार डम्बरबहादुर के.सी., गणेशबहादुर भट्टराई र पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई लगायतले सहकारीलाई उत्पादनशिल क्षेत्रमा कृयाशिल गराउनुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा वर्ष उत्कृष्ट कर्मचारीको रुपमा लक्ष्मी थापा, उत्कृष्ट सदस्यहरूमा तोकबहादुर गुरुङ र बालकुमार श्रेष्ठलाई नगद तथा प्रमाणपत्रबाट सम्मान तथा पुरस्कृत गरिएको थियो ।
साथै सुनौलो शैक्षिक पुरस्कारअन्र्तगत आधारभुत तहमा विशेष सापकोटा र माध्यामिक तहमा अभिरुची लम्साललाई नगद तथा प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो ।
यसैबीच १४ औं साधारणसभाले सचिवको प्रतिबेदन, लेखा परीक्षकको प्रतिवेदन र कोषाध्यक्षको वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्ताव पारित गरेको छ ।
संस्थामा एक हजार ४५२ शेयर सदस्य छन् भने चार करोड ५७ लाख रुपैयाँ शेयर पुजी रहेको छ । संस्थाको कुल वासलात रु. २७ करोड १५ लाखको रहेको छ भने संस्थाले २० करोड ४२ लाख निक्षेप संकलन गरी १९ करोड ५५ लाख ऋण परिचालन गरेको छ ।

Facebook Comments Box